धनगढी – कैलाली कञ्चनपुरबाट ११ लाख बढीको अबैध सामान बरामद गरिएको छ । बुधबार कैलालीका धनगढी, कैलारी र कञ्चनपुरका भीमदत्त र बेदकोट नगरपालिकाबाट उक्त भन्सार छली ल्याएको अवैध सामान बरामद गरिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका अन्दाजी ४ लाख ६७ हजार २५० रुपैयाँ बराबरको सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका बेदकोट नगरपालिकाबाट ५ लाख ५९ हजार ६९० रुपैयाँ बराबरको बरामद गरिएको छ ।





