धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट लागुऔाषधसहित २ जना पक्राउ परेका हुन्।
भारतबाट नेपाल तर्फ आउदै गरेका भीमदत्त नगरपालिका–२ का दिपेश डगौरा चार ग्राम १९० मिलिग्राम हैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनलाई नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर, जिल्ला प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, महेन्द्रनगर र इलाका प्रहरी गड्डाचौकीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।





