यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १४, सोमबार १४:५६ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न भएको छ।

पथरैया सिँचाई प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर थारुको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास राज्य मंत्री निर्मला साउद रहेकी थिइन् ।

त्यसैगरी जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी, रानी जमरा कुलरिया सिँचाइ प्रणाली मूल समितिका अध्यक्ष तथा राष्ट्रिय सिँचाई महासंघका प्रतिनिधी कुमार राज शाही, बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष भोलेराम दहित, इन्जिनियर करण धामी, कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी, सिँचाई प्रणाली शाखा, प्रशाखा, आउटलेट समितिका पदाधिकारी, साधारण सभा सदस्य, उपभोक्ता किसान लगायत बरघर भलमंशा, समाजसेबी, पत्रकारहरुको उपस्थिति रहेको थियो।

“जोशीपुर खासगरी भौगोलिक रूपमा खेतीयोग्य जमिन भएको क्षेत्र हो। जसको लागि सिँचाइ सुविधा अति महत्वपूर्ण छ, जुन पथरैया सिँचाई प्रणालीले २ ओटा शाखा नहर,६ ओटा प्रशाखा नहर र ७८ ओटा आउटलेट बाट करिब २६१० हेक्टर कृषियोग्य जमिनमा सिँचाई सुबिधा उपलब्ध गराउँदै आएको छ। सिंचाई सुविधाबाट कृषी प्रणालीमा सुधार, बाली विविधीकरण र नगदे बालीको विकास यस पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको उच्च प्राथमिकता रहेको तर पछिल्लो समयमा लागत कट्टा र सभाहल संस्थाको दुई मुख्य आवस्यकता देखिन्छ जसले काम गर्न सहज होस्”, भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै उपभोक्ता समितिका उपाध्यक्ष ओम राज विनाडीले स्वागत् मन्तव्य राख्दै भने।

संस्थाका कोषाध्यक्षद्वारा चालू आर्थिक वर्षमा भएका उपलब्धी, मर्मत सम्भार तथा निर्माण कार्यहरु, समस्या, चुनौती र प्राथमिकता दिइने योजनाका साथै आव २०८० र ८१ को १ करोड १ लाख २६ हजार ८९ रुपैयाँ ७० पैसको आर्थिक प्रतिवेदन साथै प्रस्तूत गरिएको थियो।

रघुनाथ आदर्श बहुमुखी क्याम्पसका प्रमुख निर्प बहादुर कुँवरले कार्यक्रममा बोल्दै किसानका समस्यालाई भाषणमा मात्रै सीमित नराखी किसानका समस्यालाई निराकरण तर्फ सम्बन्धीत निकाय तत्पर रहन आग्रह गरेका छन्।

त्यसैगरी कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशीले जोशीपुरका ३० हजार जनताले उपभोग गर्ने यस योजनामा गाउँपालिका लगानी शून्य भएको भन्दै दुःख व्यक्त गरेका छन्। सरकारको नेतृत्व गर्ने व्यक्तिले आफ्ना जनताको आवश्यकतालाई बुझेर दीर्घकालीन र प्राथमिकताका योजनामा सहयोग गर्नुपर्ने र नेतृत्वमा भिजन दृष्टिकोण र दीर्घकालीन सोच राम्रो हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा पथरैया सिँचाई प्रणाली नहरको परिकल्पनाकार तथा स्थापना कालमा नहर ल्याउन अमूल्य योगदान पुर्याएका स्व. निर्मल कुमार श्रेष्ठ, स्व. पूर्व प्रधानपञ्च बालासिंह बम, स्व. पूर्व प्रधानपञ्च आशाराम कुशमी, स्व. पर्शुराम महतो तथा पूर्व अध्यक्ष हीरा सिंह खड्काको परिवारलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एवम् सुदुरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास मंत्री निर्मला साउदले सत्ता समीकरण र सरकार फेरबदलका कारण बजेट निर्माणमा ढिलाई भएकै हो, तर संस्थामा आबद्ध हरेकले दलिय कुण्ठित बिचारबाट माथि उठेर काम गर्दै जान आग्रह गर्दै पथरैया सिँचाई प्रणालीको आवश्यकता प्रदेश सरकारसम्म पुगाउने र आफुले भ्याएसम्म पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएकी छन् ।

अघिल्लो लेख कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुँदै
अर्को लेख धनगढीको संजीवनीमा जापानिज इन्सेफलाइटिसको उपचार, रोगबारे यस्तो भन्छन् – डा. सुमन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

तेक्वान्दो प्रशिक्षकले करणी गरेको भन्दै धनगढीको त्रिनगर स्कुलकी बालिकाको उजुरी

२०८२ असार २५, बुधबार ११:२० गते
कैलाली

कैलालीमा चोरी मुद्दामा दोषीसहित तीन जना पक्राउ

२०८१ कार्तिक १, बिहीबार ०८:३७ गते
कैलाली

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

२०८१ कार्तिक २३, शुक्रबार १५:१६ गते
कैलाली

यस्तो बन्दै धनगढीमा आधुनिक पार्क

२०८१ आश्विन ८, मंगलवार २१:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?