यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीखेलकुद

कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १४, सोमबार १४:४० गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

धनगढी, असोज १४ – कैलाली जिल्लाका उत्कृष्ट खेलाडीहरु सम्मानित हुने भएका छन् ।

कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न खेलका खेलाडीहरुलाई नगद सहित सम्मान गर्न लागिएको हो ।

आर्थिक वर्ष २०८०/८१ सालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाएर पदक जित्न सफल खेलाडीहरुलाई भोली मंगलबार सम्मान कार्यक्रम आयोजना गरी सम्मानित गर्न लागेको कैलाली जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तथा कार्यक्रमका संयोजक आश्रम केसीले जानकारी दिए ।

उनका अनुसार वर्ष खेलाडी महिला र पुरुष तथा युवा खेलाडी महिला र पुरुष गरी ४ विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद सहित सम्मान गरिन लगेको हो ।

‘कैलाली जिल्लामा क्रियासिल सम्पूर्ण खेल संघहरुलाई सक्रिय बनाउनका लागि कार्यक्रम गर्न लागेका हौं ।’ कार्यक्रम संयोजक केसीले भने, ‘यो कार्यक्रमले खेलाडी, प्रशिक्षक र खेल संघलाई उत्प्रेरित गर्न र कैलाली जिल्लामा खेलकुदको विकासको गति बढ्ने अपेक्षा लिएका छौं ।’

कैलाली जिल्ला खेलकुद समितिमा आयोजना हुने सम्मान कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह रहेका छन् । त्यस्तै सुदुरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातारण मन्त्री लक्ष्मणकिशोर चौधरी र नेपाल कराँते महासंघका महसचिव तथा नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ विशिष्ठ अतिथि रहनेछन् ।

कार्यक्रमभन्दा अगाडी धनगढीको चौराहदेखि कभर्डहलसम्म प्रभातफेरीको आयोजना गरिएको छ । कैलालीमा पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको आयोजना गरेको कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललीत खत्रीले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ट चार विधाका खेलाडीसँगै जिल्लाको एउटा उत्कृष्ट पालिकालाई पनि सम्मान गरिनेछ । ‘यो पहिलो प्रयास हो । आगामी बर्षहरुमा यसलाई परिस्कृत गर्दै लैजानेछौं ।’ अध्यक्ष खत्रीले भने ।

कराँते खेलाडी एरिका गुरुङलाई नगद दुई लाख सहित सम्मान गरिने

सुदुरपश्चिम प्रदेश कराँते महासंघले पनि उत्कृष्ट कराँते खेलाडीलाई कार्यक्रममा सम्मान गर्ने भएको छ । १९ औं एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जिताउने कराँते खेलाडी एरिका गुरुङलाई नगद दुई लाख सहित सम्मान गरिने भएको हो ।

यस कार्यका लागि सुदुरपश्चिम प्रदेशका अन्तराष्ट्रिय कराँते खेलाडी जनक खड्काले नगद दुई लाख दिएका छन् । उनले १९ औं एसियाली खेलकुद प्रतियोगिता अघि नै एसियाडमा कराँते खेल तर्फ स्वर्ण रजत र कास्य पदक जित्ने कराँते खेलाडीलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेकोमा सोही अनुसार रजत पदक विजेता एरिकालाई नगद दुई लाख सहित सम्मान गर्न लागिएको हो ।

८ औं दक्षिण एसियाली कराँते प्रतियोगिताका खेलाडीलाई पनि नगद प्रदान गरिने

८ औं दक्षिण एसियाली कराँते प्रतियोगिताका खेलाडीलाई पनि नगद प्रदान गरिने भएको छ । भुटानमा भएको प्रतियोगिताको सुदुरपश्चिम छनोट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले पूर्व घोषणा गरे अनुसार नगद एक लाख सहित सम्मान गरिने भएको हो ।

सो प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका ६ खेलाडी सहभागी भएकोमा यस प्रदेशका खेलाडीहरुले एक स्वर्ण र चार कास्य पदक जितेका थिए । पदक विजेता र सहभागी खेलाडीहरुलाई पदक अनुसार नगद पुरस्कार प्रदान गरिने सुदुरपश्चिम प्रदेश कराँते महासंघका अध्यक्ष त्रिलोक पाण्डेयले जानकारी दिए । उनका अनुसार सोही कार्यक्रममा सुदुरपश्चिममा कराँते खेलको विकास र विस्तारमा योगदान दिएका व्यक्तित्वलाई पनि सम्मान गरिनेछ ।

प्रथम प्रदेश स्तरीय रेफ्री तथा कोच सेमिनार हुने

सुदुरपश्चिम प्रदेश कराँते महासंघको आयोजनामा सुदुरपश्चिम प्रदेश स्तरीय रेफ्री तथा कोच सेमिनार पनि आयोजना हुने भएको छ । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाहरुका २ सयभन्दा वढी प्रशिक्षक र रेफ्रीहरुको रहभागीता रहने भएको छ ।

प्रदेशमा कराँतेको स्तरलाई अझ माथि उठाउनका लागि कार्यक्रम गर्न लागेको सुदुरपश्चिम प्रदेश कराँते महासंघका सचिव वहादुर सिंह ओडले बताए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बीएस्सी सीएसआइटीद्वारा आयोजित ‘केएमसी कप’को विजेतालाई १५ हजार पुरस्कार
अर्को लेख कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

मानव अधिकारका विषयमा विशेष ध्यान दिन प्रदेश प्रमुख मियाँको सुझाव

२०८१ श्रावण १४, सोमबार १८:४१ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ १ हजार दुई सय रुपैयाँले बढ्यो

२०८२ आश्विन १०, शुक्रबार १२:०७ गते
कैलालीसमाचार

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

२०८२ आश्विन २४, शुक्रबार १०:२१ गते
बझाङसमाचार

बझाङमा पहिरोमा पुरिँदा ४ जना बेपत्ता

२०८१ भाद्र ३, सोमबार ०९:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?