डडेल्धुरा – डडेल्धुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको परशुराम नगरपालिका–५ परिगाउ महाकाली नदी किनारको छेउ पुर्तौली भन्ने भिर नजिक परिचय नखुलेका करिब २४ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।





