काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।
सुरक्षा जाँचका क्रममा एक्सरेहरू, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याएकाले बाहिर देखिने गरी खादा(माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले खादा–माला छाडेर जाने गर्नाले विमानस्थलको सुन्दरतामा नकारात्मक असर पुग्ने गरेको उल्लेख छ । यात्रुले खादा–माला सँगै लानुपर्ने भए झोलाभित्र नदेखिने गरि राख्न पनि भनेको छ ।





