कञ्चनपुर – कञ्चनपुरमा विद्यालय हाताभित्रै एक शिक्षकमाथि हातपात गरिएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिकामा रहेको धर्मजनता माध्यामिक विद्यालयका शिक्षक गणेशसिँ धामीमाथि हातपात गरेको प्रहरीले जनाएको छ।
शिक्षक धामीलाई विद्यालय हाता भित्रै शुक्लाफाँटा नगरपालिका–७ का भुवन जोशी र अनिल चौधरीले हातपात गरेका हुन।
कुटपिटमा संग्लग्न जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चौधरी फरार रहेका छन्।
धामीलाई कुटपिट गर्नुको कारण भने खुलेको छैन्। उनको ढाड र आँखामा चोट लागेको छ।
कुटपिटबाट घाइते भएका धामीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





