धनगढी । नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताएकी छिन् ।
गौरा पर्व मनाउन धनगढी पुुगेकी मन्त्री राणाले गौराको पूजाअर्चनापछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सो कुरा बताएकी हुन् ।
उनले गौरा पर्वलाई समृद्धिको पर्वको रुपमा समेत रहेको बताईन् । हरेक वर्ष गौरा पर्व मनाउन आफू धनगढी स्थित घरमा आउने गरेको बताउदै उनले, ‘‘धनगढी घरमा हामी हरेक वर्ष गौराको पूजा अर्चना गर्दै आएका छौँ । यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएको छु ।’
शनिबारदेखि आफूले गौराको ब्रत बसेको बताउदै उनले कार्य व्यस्तताका कारण यसपटक गौरा विसर्जन गर्न धनगढी आएकाे बताईन् । गौराले समाजिक एकता र भाइचाराको सम्बन्ध कायम गरेको समेत मन्त्री राणाले भनाई छ ।





