यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेलडाँडीमा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनद्वारा ४३ लाख बराबरको खाद्यान्न सहयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेलडाँडीमा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनद्वारा ४३ लाख बराबरको खाद्यान्न सहयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

बेलडाँडीमा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनद्वारा ४३ लाख बराबरको खाद्यान्न सहयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ९, आईतवार १९:४४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर –कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न सहयोग गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनको सहयोग तथा बेलडाँडी गाउँपालिकाको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गरिएको हो।

बाढी प्रभावित परिवारहरूलाई प्रति परिवार ५० किलो मसिनो चामल, २ किलो मसुरोको दाल, ३ किलो अरहरको दाल, ५ किलो तोरीको तेल, ५ किलो चिनी, १० किलो आयोडिन युक्त नुन र पानि शुद्धिकरण किट गरि करिब ६ हजार ८ सय बराबरको सहयोग वितरण कार्य सुरू भएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले गत असार २२ गते देखि २५ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीबाट बेलडाँडी गाउँपालिकामा धेरै परिवारहरू अफ्ठ्यारोमा परेको बताए । उनले भने, ‘अफ्ठ्यारोमा परेका ती परिवारहरूलाई पालिकासँगको समन्वयमा सेव द चिल्ड्रेन र एनएनएसडब्ल्यूएले तत्काल अर्थात् ७२ घण्टा भित्रै ५० लाख बराबरको गैर खाद्य सामग्री सहयोग गरेको थियो।, ती परिवारहरूलाई खाद्यन्न पनि सहयोग गर्नुपर्छ भन्ने आवश्यकता महशुस भएपछि अहिले ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गर्दैछौँ।’

उनले गाउँपालिकाका बाढीग्रस्त विद्यालयका विद्यार्थीहरुको शैक्षिक सिकाई निरन्तरताका लागि १३ सय विद्यार्थीलाई झण्डै ३३ लाख बराबरको शैक्षिक सामग्री सहयोग गरिएको जानकारी दिँदै आगामी दिनमा पनि सहयोगका लागि तयार रहेको बताए।

बेलडाँडी गाउँपालिका वडा नम्बर-०३ अध्यक्ष दुर्गा प्रसाद चौधरीले गत असारको बाढीले धेरै परिवार प्रभावित भएको बताए । उनले बाढीका कारण घरको भित्ता फुटेको, भण्डारण गरिएको अन्न नष्ट भएको साथै नहर फुटेर खेतीपातीमा समेत क्षति भएको अवस्थामा प्रभावितहरूलाई राहत वितरण कार्य गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनलाई धन्यवाद दिए ।

राहत पाएपछि बाढी प्रभावितहरूले बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनले प्रदान गरिएको सहयोगले ठूलो राहत हुने बताएका छन् ।

गत असार २२ गतेदेखि २५ गतेसम्म परेको अविरल वर्षाले चौधर नदिमा पानीको सतह बढेसँगै बेलडाँडी गाउँपालिकाका तल्लो झिलमिला, झिलमिला, इमलिया, बैवाहा, ढकनिया, खैरिघाट लगायतका क्षेत्र डुबानमा परेको थियो। बाढीबाट बेलडाँडी गाउँपालिकाका ६ सय ३९ घरपरिवार प्रभावित भएको थिए।

अघिल्लो लेख महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते
अर्को लेख शिक्षाको माध्यमबाट बुद्धको सन्देश विस्तार गरौं : प्रधानमन्त्री ओली
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ माघ ५, शनिबार १०:४० गते
कञ्चनपुर

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ कार्तिक १, बिहीबार ०८:२८ गते
कञ्चनपुर

कञ्चनपुरबाट खैरो हेरोइनसहित ५ जना पक्राउ

२०८१ फाल्गुन २९, बिहीबार ११:०५ गते
कञ्चनपुर

कञ्चनपुरमा चरेशसहित दुई जना पक्राउ

२०८१ पुष ५, शुक्रबार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?