यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ३, सोमबार १३:२८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं – अन्तरदेशीय व्यापार हेतु भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत् खरिदका लागि स्वीकृत गरेको छ। अब नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको छ।

नेपालबाट हालसम्म जम्मा ६९० मेगावाट (१६ वटा परियोजनाबाट) निर्यात हुँदै आएकोमा अब ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) विद्युत् निर्यात हुनेछ।

भारतले थप २५१ मेगावाट लैजाने निर्णय स्वीकृत हुनुअगावै गत आर्थिक वर्षमा नेपालले भारतमा १६ अर्ब ९३ करोड रुपैयाँबराबरको विद्युत् बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलोपटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएको थियो। तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरैले बढेको छ।

भारतीय राजदूतावासका अनुसार इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलोपटक ऊर्जा निर्यात सुरु गरेयता भारतले नेपालमा उत्पादित विद्युतलाई रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ। नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ।

भारतले आफ्नो देशका खरिदकर्ताहरूका लागि जलविद्युत् खरिद दायित्व (एचपिओ)को एक हिस्साको रूपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ। जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत् खरिद गर्न प्रोत्साहित गर्दछ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ। यो सम्झौताको पहिलो वर्ष नै झन्डै एक हजार मेगावाट निर्यात भइसकेको छ।

यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा छ। बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता टुंगो लागी २०८१ साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो। तथापि, बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भएको छ।

अघिल्लो लेख कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
अर्को लेख सुदूरपश्चिम सरकारले छिट्टै बजेट ल्याउँछ : मुख्यमन्त्री शाह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

इस्लाम धर्मावलम्बीको रमजान पर्व शुरू

२०८१ फाल्गुन १८, आईतवार ०९:३२ गते
राष्ट्रिय

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

२०८१ श्रावण १६, बुधबार २१:४८ गते
राष्ट्रियसमाचार

१ लाख ४९ हजार निर्वाचन प्रहरीको बिदाइ आज

२०८२ फाल्गुन २८, बिहीबार १०:३३ गते
राष्ट्रिय

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२०८१ श्रावण २६, शनिबार १०:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?