काठमाडौं – सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुमध्ये पाँच वटा शव परिवारले बुझेका छन्।
ज्यान गुमाएका १८ जनामध्ये पाँच जनाको शव शुक्रबार परिवारले त्रिवि शिक्षण अस्पतालबाट बुझेका हुन्।
अस्पतालका अनुसार सबै शवको पोष्टमार्टम सकिइसकेको छ। यद्यपि, विमा, क्षतिपूर्तिलगायतको विषय स्पष्ट नभएकाले अधिकांश परिवारले शव बुझ्न अस्विकार गरेका छन्।
गत बुधबार बिहान नियमित परीक्षणका लागि सौर्य एयरलाइन्सको जहाज सिआरजे–२०० पोखरा लैजाने क्रममा भुइँ छोडेको २० सेकेन्डमै दुर्घटना भएको थियो।





