कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित दुइ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने सुरज दमाई र सोहि ठाउँका जनक सिंह ७ दशमलव ५५० ग्राम लागूऔषधसहित पक्राउ परेका हुन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले बुधबार नियन्त्रणमा लिएको हो ।





