कैलाली – कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको कैलारी गाउँपालिका–७ हुलाकी राजमार्गबाट करिब १ सय मिलिग्राम लागूऔषध सहित सोही गाउँपालिका–३ बस्ने २८ वर्षीय राजु चौधरी पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित बुधबार राति पक्राउ गरेको जनाएको छ।





