यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नर्सरी व्यवसायबाट मनग्य आम्दानी गर्दै धामी परिवार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नर्सरी व्यवसायबाट मनग्य आम्दानी गर्दै धामी परिवार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

नर्सरी व्यवसायबाट मनग्य आम्दानी गर्दै धामी परिवार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १०, बिहीबार १७:०७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामीे नर्सरी व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।

उनि तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न छन्। उनका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ।

उनिरूका नर्सरीमा फलफूल, काठ र घर सजावटमा प्रयोग हुने सबै प्रकारका बिरुवा पाइन्छन्। तीन जनाले वर्षमा नर्सरी व्यसायबाट एक करोडका बोटबिरुवा बिक्री गर्दै आएका छन्।

एक जनाले ३० लाख देखि ५० लाखसम्मका बिरुवा बिक्री गर्छन्। उत्पादित बिरुवा बिक्रीबाट एक जनाले १० देखि १५ लाखसम्मको आम्दानी गर्दै आएको प्रताप धामीले बताए।

एकजना कृषि अधिकृतको सहयोगमा तत्कालीन सुन्दरपुर कृषि तालिम केन्द्रमा तरकारीखेती, बीउबिजन उत्पादन, फलफूलसम्बन्धी एकीकृत १५ दिने तालिम लिएपछि कागतीका बिरुवाको कलमी गरी बिरुवा उत्पादन थालेका उनिहरुले २०४८ मा नर्सरी व्यवसाय दर्ता गरी व्यावसायिक रूपमा कारोबार प्रारम्भ गरेका हुन्। कोरोना महामारीअघि नर्सरीबाट उत्पादित बिरुवा वार्षिक रूपमा एक करोडका बिक्री हुने गरेका थिए।

दुई वर्ष कोरोना महामारीका कारण व्यवसाय नै चौपट भयो। प्रतापले भने, हाल व्यवसायमा गति आएको छ। तीनै जनाको नर्सरीमा दैनिक ज्यालादारीमा चारजनाले रोजगारी समेत पाएका छन्। प्रताप सिंहको डेढ बिघा जग्गामा नर्सरी छ। उनि वडाध्यक्षको जिम्मेवारीमा पनि छन्। साँझ र बिहान कामदारसँगै नर्सरीमा काम गर्छन्।

प्रतापको नर्सरीमा उत्पादन हुने बिरुवा सुदूरपश्चिमका नौवटै जिल्ला, कर्णाली, लुम्बिनी प्रदेशका विभिन्न जिल्लासँगै निकटवर्ती भारतीय बजारमा बिक्री हुने गरेका छन्। नर्सरीमा आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार अमिलोलगायतका फलफूलका बिरुवा उत्पादन हुने गरेका छन्।

नर्सरीमा पाँच प्रजातिका लिच्ची र १४ किसिमका आँपका बिरुवा पाइन्छन्। सुपर नेपियर, स्मार्ट नेपियर, बकाइनो, टाँकी, वडहर, भिमल, इपिलइपिल, बडहर, किमु घाँसका साथै बाँस, सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेसियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनका बिरुवा पाइन्छन्।

नर्सरीमा घर सजावटका बिरुवामा अशोक, बोटलपान, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते गुलाब किन्न गृहिणी आउने गरेका छन्। रासस

अघिल्लो लेख कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
अर्को लेख कैलाली भन्सारद्वारा सात अर्ब राजस्व सङ्कलन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ

२०८१ चैत्र ५, मंगलवार १०:१४ गते
कञ्चनपुरराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

महाकालीमा बगेर बेपत्ता भएका मजदुरको मृत्यु

२०८१ असार १७, सोमबार १३:१२ गते
कञ्चनपुर

कञ्चनपुरमा एक लाखको भन्सार छलीका सामान बरामद

२०८१ मंसिर १०, सोमबार ०९:२८ गते
कञ्चनपुरसमाचार

नीति अभावले कञ्चनपुरमा करोडौँको काठ वनमै कुहिँदै

२०८२ श्रावण २३, शुक्रबार १०:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?