धनगढी –धनगढी-१६ स्थित बेहडाबाबा मन्दिरको गुरु योजना तयार भएको छ।
सोमवार मन्दिर परिसरमा आयोजित महायज्ञ स्थलमा गुरूयोजना सार्वजनिक गरिएको हो।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले गुरु योजना सार्वजनिक गरेका हुन्।
मन्दिरको गुरुयोजना पुरातत्त्व विभागले बनाएको हो। गुरु योजनाअनुसार मन्दिरलगायतका संरचना निर्माण गर्न १२ करोड एकसट्ठी लाख रुपैयाँ खर्च लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए।
उनले पुरातत्त्व विभागको रेखदेखमा बन्ने बेहडाबाबा लगायत अन्य चार मन्दिरमा सिमेन्ट र छडको प्रयोग नगरिने बताए।
मन्दिर परिसरमा पाँच वटा हवन कुण्ड, बस्नका लागि भवन दुई वटा प्रवेश द्वार निर्माण गरिने र परिसरमा ढुङ्गा छाप्ने अध्यक्ष जोशीले बताए।





