धनगढी – कैलालीको टीकापुर नगरपालिकामा सुरक्षाको माग गर्दै टीकापुर अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका छन्।
टीकापुर अस्पतालमा गत असार १ गते राति आकस्मिक कक्षमा मधुमेह र उच्चरक्तचापका दिर्घकालीन रोगी पदम बोहरा भर्ना भएका थिए। उपचार सम्भव नहुने भएपछि अस्पतालले उनलाई धनगढी लैजान भनेर रेफर गरीएकोमा बाटोमै मृत्यु भएको थियो।
तर आज (सोमवार) मृतक बोहराका आफन्तले अस्पतालका अध्यक्षलाई कालोमोसो दल्ने जस्ता धम्की दिनुका साथै गालीगलौज गरेको, स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि हातपात गर्न खोजेको भन्दै अस्पतालले प्रेस विज्ञप्ति निकालेर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ।





