धनगढी – गीता फोर लाइफ अभियानअन्तर्गत “छ है गीता ज्ञान्, साच्चै अमृत समान” शीर्षकको भजन सार्वजनिक गरिएको छ।
भगवद्गीताको आध्यात्मिक सन्देशलाई जनजनमा पुर्याउने उद्देश्यसहित तयार पारिएको उक्त भजनको रचना डा. हरिचन्द्र कमलीले गरेका हुन्
भजनमा नेपालका लोकप्रिय गायकहरू राजु परियार, नरहरि प्रेमी, कुलेन्द्र बी.के., लोचन भट्टराई, राधिका हमाल, अनीता चलाउने, हेमन्त भट्टराई, सुरज गुप्ता, गोविन्द मधुर आचार्य, अमृत खाती, अनिल श्रेष्ठ, सुरज रावल, सुरज भुसाल, वैकुण्ठ महत, कल्पना मल्ल, मीरा तामाङ, रेखा जोशी, बुद्धश्री लामा र रञ्जन थपलियाको स्वर रहेको छ।
यस्तै नरहरि प्रेमी (उपाध्याय) को संगीत रहेको उक्त भजनमा संगीत संयोजन र मिक्सिङ/मास्टरिङको जिम्मा कृष्ण बाजुरालीले सम्हालेका छन्।
म्युजिक इरा स्टुडियोमा रेकर्ड गरिएको यस गीतको निर्माण गोकुल थापाको संयोजनमा सम्पन्न भएको हो। समग्र व्यवस्थापनमा योगमाला सिर्जना मैनाली, समन्वयमा सुदीप पौडेल र अभियानको दृष्यदर्शी नेतृत्वमा भावदत्त कमली रहेका छन्।
नरहरि प्रेमी (उपाध्याय) युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भजनद्वारा युवा पुस्तालाई धार्मिक चेतना र सकारात्मक मूल्यमा आकर्षित गर्न सकिने विश्वास लिएको छ।





