धनगढी-धनगढीको ग्ली एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न कार्यक्रम गरि गुरु पूर्णीमा मनाएका छन्।
विद्यार्थीहरुले गुरुगान र टीकाद्वारा आप्ना गुरुहरुलाई सम्मान गरेको ग्ली एकेडेमीकी भाइस प्रिन्सीपल तारा पल्लवीले बताएकी हुन्।
विद्यार्थीले गुरुहरुका लागि विभिन्न रमाइला खेलको आयोजना गरि गुरु पुर्णीमा मनाएको उनले बताएइन्।
असार शुक्ल पूर्णीमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइन्छ ।






