धनगढी – नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता फेरि परिवर्तन गरिएको छ ।
असार २९ गते बहुमत सदस्यको समर्थनमा खुसीराम डङ्गौरा थारुलाई संसदीय दलका नेता बनाइएको थियो । साता दिनभित्रै उहाँलाई हटाएर पुनः घनश्याम चौधरीलाई संसदीय दलका नेता चयन गरिएको छ ।
बहुमत सदस्यको समर्थनमा उनलाई फेरि संसदीय दलका नेता चयन गरिएको हो । यसै गरी, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतकमा चयन गरिएको छ ।





