बैतडी –बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको पाटन नगरपालिका–८ कि ४० वर्षीया जयन्ती मडैको मृत्यु भएको हो।
सोमवार करिब ९ बजे तिर रिसेडि भिरबाट खसेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
प्रहरीका अनुसार घास काट्न गएकि जयन्तीको रिसेडि भिरबाट घासको भारी बाद्ने क्रममा लडेर मृत्यु भएको हो।
उनी भिरबाट करिब ६० मिटर तल तिमिले खोलामा खसेकी थिइन्।





