यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बन्यो भारतसँग जोड्ने मोटरेबल पुल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बन्यो भारतसँग जोड्ने मोटरेबल पुल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीसमाचार

बन्यो भारतसँग जोड्ने मोटरेबल पुल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार ११:३९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडी ।दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएको छ ।

असिगडा पुल कञ्चनपुरपछि दोस्रो मोटरेबल नाका बनेको छ । पुल निर्माणको काम भारतीय पक्षले गरेको हो । दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोट नजिकको छारछुम क्षेत्र जोड्ने मोटरेबल पुलको काम यही मङ्सिर पहिलो साता सकिएको हो ।

अब दुई देशका नागरिक यातायात सुचारु हुने प्रतीक्षामा छन् । भारतीय कम्पनी पी एन्ड आर इन्फ्रा पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपियाँ रहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताए । पुल निर्माणको काम सम्पन्न भएपछि नेपाल र भारतका धार्मिक, पर्यटकीय क्षेत्र र व्यापार व्यवसायमा टेवा पुग्ने छ ।

पुल निर्माणको काम सकिएपछि नेपालतर्फको १५० मिटर सडक सम्याएर स्तरोन्नतिको काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । प्रजिअ जोशीले पुल सञ्चालनका लागि दुई देशका उच्च अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेपछि सञ्चालनमा आउने बताए । पुलका दुवैतर्फ छिट्टै नेपाल–भारतका सुरक्षाकर्मीको चेक पोस्ट बस्ने उनले बताए ।

यो पुलबाट भारतको धार्चुला हुँदै पिथौरागढ, हलद्वानी भएर टनकपुर र भारतको राजधानी नयाँ दिल्लीसम्म पुग्न सकिन्छ । त्यसै गरी नेपालतर्फको दार्चुलास्थित मालिकार्जुनधाम, अपि नाम्पा, बैतडीको त्रिपुरासुन्दरी, पातालभुमेश्वर गुफालगायतका क्षेत्र हुँदै भारतीय पर्यटकले कैलाली र कञ्चनपुरसम्मको यात्रा गाडीमै गर्न सक्ने छन् ।

सेलायो झुलाघाट पुलको चर्चा

नेपाल–भारत जोड्ने बैतडीको झुलाघाट मोटरेबल पुलको चर्चा सेलाएको छ । झुलाघाट मोटरेबल पुल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच लिखित सहमति भए पनि पुल निर्माणको कुनै सुरसार देखिएको छैन ।

गएको सङ्घीय निर्वाचनमा तीन ठुला राजनीतिक दल नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैतडीको पाटनमा आयोजित फरक फरक चुनावी सभामा झुलाघाट पुल छिटै निर्माण हुने आश्वासन दिएको थियो ।

अघिल्लो लेख बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी
अर्को लेख कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम

२०८२ बैशाख १३, शनिबार २१:०८ गते
राष्ट्रिय

वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नमिल्ने सर्वोच्चको ठहर

२०८१ पुष ४, बिहीबार ०९:५४ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइपालमा कक्षा १० को बिदाई कार्यक्रममा विद्यार्थीद्वारा पुस्तक आदानप्रदान

२०८१ फाल्गुन २९, बिहीबार ०८:५६ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

सेवा र विकासका लागि युवाद्धारा १३ जिल्लामा शैक्षिक सामाग्री वितरण गरिने

२०८२ जेष्ठ २, शुक्रबार २०:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?