यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा अर्गानिक तरकारी फलाउने किसान निराश
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा अर्गानिक तरकारी फलाउने किसान निराश
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा अर्गानिक तरकारी फलाउने किसान निराश

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १०, सोमबार १०:३९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडी ।भारतलगायत नेपालकै बाहिरी जिल्लाबाट भित्रिने तरकारीसँग गाउँको जैविक (अर्गानिक) मल हालेर फलाइएका तरकारीले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बबेत गाउँका किसान निराश बनेका छन् ।

बाहिरी जिल्लाबाट भित्रिने टमाटरलगायतका तरकारी लामो समयसम्म नबिग्रने भन्दै बिचौलियाले स्थानीय तरकारीको उचित मूल्य नदिएको किसानले गुनासो गरेका हुन् ।

दशरथ चन्द नगरपालिका–४, बबेत गाउँकी विमला वडले जैविक मल प्रयोग गरेर तरकारी फलाउन थालेको चार वर्ष भयो । रोगकिरा नियन्त्रण गर्न खेतबारीमा गौमूत्र छर्किन्छन्। उनको बारीमा अहिले काउली, पालुङ्गो, धनियाँ, मुला र रायो प्रशस्तै फलेका छन् । यद्यपि तरकारीले उचित मूल्य नपाउँदा उनि निराश भएका छन् । जैविक मल प्रयोग गर्ने बबेत गाउँका किसानलाई स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले बिउबिजन, सिँचाइ, पोलिहाउस जस्ता अनुदानका कार्यक्रम नदिएको विमलाले गुनासो गरिन् ।

बबेत गाउँमा न तरकारी सङ्कलन केन्द्र छ, न त ढुवानीको सुविधा छ  । दशरथ चन्द नगरपालिकाले १३ लाख रुपियाँ खर्च गरेर चार वर्षअघि निर्माण गरेको सडकमा घाँस र बुट्यान उम्रिएपछि किसानले घण्टौँ पैदल हिँडेर डोकोमा तरकारी बेच्दै आइरहेको स्थानीय ललित वडले बताए। जैविक मल हालेको तरकारी विषादी हालेको तरकारीको भन्दा कम मूल्यमा बेच्नु परेको अगुवा किसान विमला वडले दुःखेसो पोखीन्। “गोठेमल र गौमूत्र प्रयोग गरेर बेबत गाउँका १५ जना किसानले अर्गानिक तरकारी खेती सुरु गरेका छौँ,” उनले भनिन्, “झिसमिसेमै डोकोमा तरकारी बोकेर बजारका पसल पसल चहार्दै हिँड्नु पर्छ । बिचौलियाले बाहिरी जिल्लाबाट आउने तरकारी भन्दा सस्तोमा किन्न खोज्छन् । घर फर्काएर ल्याउनुभन्दा सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता छ ।”

बैतडीस्थित कृषि ज्ञान केन्द्र र नगरपालिकामा रहेको कृषि शाखाले बजारमा बिक्री भइरहेको तरकारीमध्ये विषादी प्रयोग गरेको र नगरेको तरकारी छुट्याइदिए स्थानीय किसानलाई सहज हुने अगुवा किसान जगदीश वडले बताए । अर्गानिक तरकारी खेती गर्ने किसानको बारीदेखि बजारसम्मको तरकारी परीक्षण गरिदिन उनले माग गरे ।गोरखापत्रबाट

अघिल्लो लेख रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
अर्को लेख एनपीएलको ट्रफीमा सगरमाथा आधार शिविरको ढुंगा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

बैतडीसमाचार

महिला र बालबालिका हराउने क्रम बढ्दो, ५२ को अवस्था अज्ञात

२०८२ भाद्र ६, शुक्रबार १०:४८ गते
प्रदेशबैतडीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बैतडीका दुई सामुदायिक वनमा रोपियो दस हजार बिरुवा

२०८१ असार २०, बिहीबार १४:४५ गते
बैतडीराजनीति

कांग्रेस बैतडीको परामर्श बैठक सम्पन्न

२०८१ भाद्र ६, बिहीबार १९:३७ गते
बैतडी

भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

२०८१ माघ २, बुधबार १३:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?