यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराको ‘कस्याडाँडा’मा पर्यटकको आगमन बढ्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराको ‘कस्याडाँडा’मा पर्यटकको आगमन बढ्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरापर्यटन

डडेल्धुराको ‘कस्याडाँडा’मा पर्यटकको आगमन बढ्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २, आईतवार १७:५८ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा –डडेल्धुराको अमरगढी नगरपालिका–७ मा रहेको कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ।

सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो।

सूर्योदय र सूर्यास्तका साथै सदमुकाम अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाका अधिकांश भू–भागको दृश्यावलोकन गर्न दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन्।

डडेल्धुरा–बैतडी राजमार्गको पश्चिम खण्डसँगै जोडिएको कस्याडाँडाले धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ। डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको सुर्कालबाट १५ मिनेट पैदल उकालो चढ्दा कस्याडाँडा पुग्न सकिन्छ। जिल्लाको सबैभन्दा अग्लो डाँडामध्ये यसलाई प्राचीन, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको डाँडाका रूपमा लिने गरिएको छ।

डोड्याली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रूपमा पनि कस्यालाई लिने गरिएको छ। यो डाँडा समुद्री सतहबाट ६ हजार पाँच सय फिट उचाइमा अवस्थित छ। भारतमा बस्दै आएका अजयमेरु–३ का महेश ऐरले घर आएको मौकामा कस्याडाँडा घुम्नै पर्ने रमणीय स्थानका रूपमा रहेको बताए।

आलितालकी मीना साउँदले पनि साथीभाइसँग रमाइलो गर्न कस्याडाँडा पुगेको बताइन्। रमाइलो र नजिकैको पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको उनको प्रतिक्रिया छ। पहिला सुनसानजस्तै रहेको यो ठाउँमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको छ। अहिले दिनमा एक सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेको अटो–चालक धौलि दमाइँले बताइन्।

पछिल्लो समय स्थानीयसँगै अमरगढी–७ को ब्राइट भिजन क्लबले कस्या टाकुरो (डाँडा) को पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गरेपछि अमरगढी नगरपालिकाकोे सहयोगमा भ्यूप्वाइन्ट, दृश्यावलोकन स्तम्भ, डाँडाको टुप्पोसम्म पुग्ने पैदल बाटो, बस्ने ठाउँलगायत पूर्वाधार निर्माण भएका छन्। कस्याडाँडामाथि भ्यूटावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्रयाउन सके आर्थिक गतिविधि चलायमान हुने क्लबका अध्यक्ष दीपकराज भट्टराईले बताए।

नागरिक अगुवा सिद्धराज पाठकका अनुसार कस्याडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षक स्थल निर्माण भएका छन्। होटलसहित अन्य पूर्वाधार निर्माण गरी आर्थिक र व्यावसायिक रूपमा यसलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले नीति बनाएर अघि बढ्नुपर्नेमा उनको जोड छ। यहाँबाट महाभारत पर्वत शृङ्खलासहित डोटी, आछाम, बैतडी र भारतको केही भूभाग देख्न सकिने उनले बताए। डडेल्धुराबाट कस्याडाँडा पुग्न पक्की बाटो बनेको छ। कस्याडाँडा सदरमुकाम भन्दा १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गसँगै जोडिएको छ। हिँडेर जाँदा करिब तीन घण्टा र मोटरसाइकल वा गाडीमा जाँदा २५ देखि ३० मिनेटमा पुगिन्छ।

कस्याडाँडाको इतिहास
कस्याडाँडामाथि ठूलो मैदान रहेको भन्दै यो प्राचीनकालमा निर्माण भएको आफूले सुन्दै आएको अमरगढी–७ का ६२ वर्षीय केशव भण्डारीले बताए। ‘सुनेको आधारमा यहाँ एउटा बुढी महिला पछिसम्म बस्थिन्। यसको बारेमा कुनै सत्यता वा अभिलेख भने छैन। अमरगढी–६, ७ र ८ का बुढापाकाले सुनाउने कुराका आधारमा कस्याडाँडामा राजकोट थियो’, उनले भने। अहिले यहाँ कुनै कोटको संरचना नरहेको स्थानीय महेश भट्टराईले बताए।

‘यस डाँडाको इतिहास दुई हजार पाँचसय वर्षभन्दा पुरानो हो। गाउँ पुरिँदा यहाँ कैयाँैले ज्यान गुमाउनु परेकाले सुरुमा यसलाई काल अर्थात् सुर्काल भनिन्थ्यो’, उनले भने। यससँगै डाँडाबाट करिब एक हजार पाँचसय मिटर तल ढुङ्गाको ओखल पनि देखिन्छ। उक्त स्थानलाई अहिले ओखलढुङ्गा भन्ने गरिएको भट्टराईले बताए। ओखलढुङ्गाको पूर्वउत्तरमा डाँडु खोला छ। इतिहासका बारेमा अध्ययन र अनुसन्धान गरी तथ्य पत्ता लगाउन उनले स्थानीय सरकार र सरोकार भएका निकायलाई आग्रहसमेत गरेका छन्। रासस

अघिल्लो लेख जिसस कैलाली प्रमुखका लागि नागरिक उन्मुक्तिबाट रुपमतीकाे उम्मेदवारी दर्ता
अर्को लेख पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

डडेल्धुराको भागेश्वर मन्दिरमा मनाइने ‘धुरा जाँत’ कार्तिक २९ गते हुने

२०८१ कार्तिक २५, आईतवार १४:२३ गते
डडेल्धुरा

कांग्रेस नेता महरलाई मातृ शोक

२०८१ कार्तिक ११, आईतवार १०:१६ गते
डडेल्धुरासमाचार

डडेल्धुराकी एक महिला बेपत्ता

२०८२ पुष ११, शुक्रबार १२:११ गते
डडेल्धुरा

डडेल्धुरामा सर्भर डाउन हुँदा भुक्तानी अवरुद्ध

२०८१ भाद्र ६, बिहीबार ०८:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?