यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा पुगेर देउवा भन्छन् : पश्चिम सेती बन्ने भइसकेको छ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा पुगेर देउवा भन्छन् : पश्चिम सेती बन्ने भइसकेको छ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

डडेल्धुरामा पुगेर देउवा भन्छन् : पश्चिम सेती बन्ने भइसकेको छ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २९, बिहीबार ०७:४९ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा – गृह जिल्ला डडेलधुरामा रहेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताएका छन् ।

बुधबार सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै देउवाले भारतले पश्चिम सेती बनाउन लागेको उल्लेख गर्दै यो योजना बने राम्रो हुने बताए । भारतको नवरत्न कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।

“पश्चिम सेती अब इन्डियाले बनाइदिने भन्या छ, त्यो धेरै राम्रो हो,” उनले भने “करिब करिब बन्ने भइसकेको छ । पश्चिम सेती बन्यो भने त हामीलाई सजिलो हुन्छ ।”

लगानी बोर्डका तत्कालीन निर्देशक सुशील भट्टका अनुसार एनएचपिसीले गत असार ५ गते डिपिआरको मस्यौदा बुझाएको थियो ।

यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डिपिआर तयार हुने छ । अन्तिम डिपिआर तयार भएपछि परियोजना विकास सम्झौता (पिडिए) प्रक्रिया अगाडि बढ्ने छ ।

परियोजनाको अन्तिम डिपिआरले समग्र सामाजिक, आर्थिक, भौगर्भिक, प्राविधिक एवं वातावरणीय पक्षबारे जानकारी दिने छ । त्यस्तै परियोजनाको अनुमानित लागत, आयोजना निर्माण सुरु तथा सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारण लाइन निर्माण, वित्तीय स्रोतको उपलब्धतालगायतका विषयमा पनि डिपिआरले मार्गदर्शन गर्ने छ । डिपिआरको विश्लेषणपछि परियोजना अगाडि बढाउन चाहेमा पिडिए हुने छ ।

यसअघिको अध्ययन अनुसार ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत एक हजार ३२० मिलियन अमेरिकी डलर र ४५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो ।

गृह जिल्ला डडेलधुरा पुगेर विभिन्न देवीदेवताको मन्दिरमा गई पूजाआजा दर्शनसँगै नेता कार्यकर्ता भेटघाटमा व्यस्त रहेका देउवाले थुप्रै योजना अधुरा रहेको र नयाँ निर्माण गर्न पनि आवश्यक भएको बताए । उनले डडेलधुराको विकासका लागि योजनाहरूमा बजेट परिरहेको बताए ।

बिहीबार नवदुर्गा गाउँपालिका–१, चौरा र भागेश्वर गाउँपालिका–४, बगरकोट पुगेका देउवाले यी सडकहरू कालोपत्रे भएपछि निकै सहज भएको बताए । देउवाले भने, “प्रजातन्त्रका लागि लड्दा, भनौँ २०४८ सालको चुनावमा म उम्मेदवार हुँदा हिँडेरै सबैको घरघर पुगेको हुँ । धेरैलाई चिन्थेँ । अहिले त गाउँमा कोही रहनुभएन । त्यो बेला गाउँमा रेडियो पनि कोही कोहीसँग मात्रै हुन्थ्यो । खानेपानीको साह्रै समस्या थियो । अहिले त धेरै गाउँमा खानेपानी, सडक पुगेको छ । सञ्चार जगत्को विकास भएको छ । अझै सडक चौडा पारेर कालोपत्रे गर्छु ।”देउवाले अजयमेरु गाउँपालिका–१, पुइलेकमा हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताए ।

यी दुई वटै सर्भे भएपछि बजेट ल्याउने उनले बताए । पछिल्लो एक दशकमा डडेलधुरामा एक दर्जन पक्की पुल निर्माण भएसँगै स्थानीयलाई निकै सहज भएको उनले बताए । गोरखापत्रबाट

ट्याग गरिएको:featured
अघिल्लो लेख कञ्चनपुरबाट ४ लाख बढीका सामान बरामद
अर्को लेख धनगढीमा ३६ किलो चरेस बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

प्रहरीले भन्यो – फोनमा चर्को स्वरले बोले वा आनावश्यक बोले तीन लाख जरिवाना

२०८२ भाद्र १९, बिहीबार ११:११ गते
राष्ट्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

२०८१ माघ १५, मंगलवार १२:३८ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

२०८१ कार्तिक ४, आईतवार १७:३१ गते
सुदूरपश्चिम प्रदेश

दसैं-तिहारको अवधिमा सुदूरपश्चिमा जुवातास खेल्ने ३ सय ९७ जना पक्राउ

२०८१ कार्तिक २१, बुधबार ०७:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?