कञ्चनपुर – कञ्चनपुरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारीले जेटिए पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले आज एक सूचना जारी गर्दै जेटिए पढ्ने ५ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने जनाएको हो ।
उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषि विषयमा जेटिए अध्ययन गर्न चाहने ५ जना एसइई परिक्षा उत्तिर्ण भएका विद्यार्थी उक्त संस्थाका शेयर सदस्यका छोरा/छोरीहरु हुनुपर्ने संस्थाका कार्यकारी प्रमुख गणेशबहादुर चन्दले बताएका छन् ।
छात्रवृती वितरण छनौटका लागी रित पुर्वक आवेदन माग गरिएको उक्त संस्थाका कर्मचारी जगदीश भट्टले बताएका छन् ।
छात्रवृत्ति छनौटका लागि यी कागजातहरु आवश्यक
- अभिभावक संस्थाको सदस्य भएको प्रमाणित कागजात
- नेपाली नागरिकताको प्रमाणपत्र
- एसईई उत्तीर्ण गरेको विद्यालयको सिफारिश पत्र
- आफूले अध्ययन गर्ने विद्यालयको सिफारिस पत्र
- आवेदन बुझाउने मिति २०८१ श्रावण २६ गतेसम्म
- आवेदन फारम संस्थाको सबै सेवा केन्द्रहरुमा बुझाउन सकिने छ
छात्रवृत्ति छनौट संस्थाको छात्रवृत्ति वितरण कार्यविधी अनुरुप गरिने बताइएको छ ।





