यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फूलखेतीबाटै मनग्य आम्दानी, वार्षिक २० लाख बचत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फूलखेतीबाटै मनग्य आम्दानी, वार्षिक २० लाख बचत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

फूलखेतीबाटै मनग्य आम्दानी, वार्षिक २० लाख बचत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ आश्विन १३, मंगलवार १०:५२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।धनगढी उपमहानगरपालिका(६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छन् । धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै सिकेर उनले फूलखेती सुरुआत गरेकी हुन् ।

न्यू बण्डोली नर्सरी कन्र्सन फार्ममार्फत फूलखेती गर्दै आएकी सुशीला हाल फूलखेतीबाट आत्मनिर्भर बन्नुको साथै आम्दानीसमेत गर्दै आएकी छन् । पाँच लाख लगानीबाट सुरु गरेकी सुशीलाको फूलखेती व्यवसायमा अहिले ५० लाख लगानी पुगेको छ ।

दुई बिघा क्षेत्रफल जमिन लिजमा लिई व्यावसायिक रुपमा फूलखेती गर्दे आएकी सुशीलाले वार्षिक रुपमा ५० लाखको कारोबार गर्दै आएको जानकारी दिइन् ।

फूलका बिरुवा हुर्काउने, गोडमेल गर्नेदेखि लिएर हेरचाहको लागि ११ जना स्थानीयले समेत रोजगार पाएका छन् । मासिक रुपमा एक लाख ८० हजार उनीहरुको तलबमा खर्च हुने गरेको छ । जसबाट सबै खर्च कटाएर वार्षिक २० लाख बचत हुने गरेको उनको भनाइ छ । ‘दश जना परिवारको सम्पूर्ण खर्च यसै व्यवसायबाट धान्दै आएको छु’, उनले भनिन्, ‘फूलखेतीबाट आम्दानी राम्रो हुँन थालेपछि अहिले आर्थिक अवस्था सुधारसँगै आत्मनिर्भर भएकी छु ।’

प्रतिकिलोग्राम चार सयमा फूल बिक्री गर्दे आएकी सुशीलाले कैलाली, कञ्चनपुरसहित प्रदेशका नौवटै जिल्लामा फूल बिक्री गर्दै आएको बताएकी छन् । उनले कहिलेकाहीँ मागअनुसार बिक्रीको लागि काठमाडौँसमेत पठाउने गरेकी छन् । उनले हाल धनगढी उपमहानगरपालिकाको परिसरमा फूल बिक्री केन्द्र राखेर फूल, फूलको माला, बुके, गुच्छासहित फूलका सामग्री बिक्री गर्दै आएकी छन् ।

सुशीलाको फूलखेतीमा हाल सयपत्री, गोदावरी, गुलाफ, रजनीगन्धा, जीप्सफिला, ग्याडुलमलगायत विभिन्न जातिका फूल रहेका छन् । उनले फूल बिक्रीसँगै फूलका बेर्नासमेत उत्पादन गरी बिक्री गर्दै आएको बताइन् ।

पछिल्लो समय धनगढीमा फूल तथा सजावटका सामग्रीको माग बढ्दै भएको छ । उनले उत्पादन गरेको फूल विवाह, व्रतबन्ध, विभिन्न औपचारिक कार्यक्रम, धार्मिक तथा सांस्कृतिक पर्व, विद्यालयमा हुने गरेका विभिन्न कार्यक्रम र अन्य शुभकार्यमा प्रयोग हुने गरेको उनले बताइन् ।

उनले सुरु गरेको फूलखेतीले स्थानीयस्तरमै कृषि उद्यम गर्न चाहने अन्य व्यक्तिलाई समेत प्रेरणाको दिएको छ ।

रासस

ट्याग गरिएको:featured
अघिल्लो लेख हिम्लुङ हिमपहिरो : २ जनाको शव काठमाडौं लगिंदै, बेपत्ताको बिहानैदेखि खोजी
अर्को लेख सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक सुरू, ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

२०८१ पुष २१, आईतवार १३:३० गते
अर्थ-वाणिज्यसमाचार

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घट्यो

२०८२ आश्विन ९, बिहीबार १४:०४ गते
विचार/ब्लगसमाचार

चुप लागेर कुरा गर्छेस् कि नाइँ?

२०८२ कार्तिक २८, शुक्रबार २०:११ गते
राष्ट्रिय

गोदावरीको हनुमान मन्दिर परिसरमा वृक्षारोपण

२०८१ श्रावण १५, मंगलवार १९:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?