मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोका परी सम्पर्कविहीन भएकाहरुको सोमबार बिहानैदेखि हलिकप्टरबाट खोजि भइरहेको छ भने उद्धार टोलीले घटनास्थलमा पुगेर खोजी गरिरहेका छन् ।
पहिरोमा परी १० जना सम्पर्कविहीन भनिएको भए पनि यकिन तथ्यांक अझै प्राप्त भइनसकेको प्रशासनको भनाइ छ ।
दुई जनाको शव आइतबार नै चामे ल्याइएको थियो र अहिले ती शव काठमाडौं पठाउने तयारी भइरहेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
खोजीमा अनुभवी गाइडहरू पठाइएको र मौसम पनि खुलेकाले आज समस्या नपर्न नसक्ने उनले बताए ।
हिमपहिरोका कारण सम्पर्कविहीन भएका भनिएका ११ जना हिँडेर फू गाउँ आइपुगेको सहायक सीडीओ पौडेलले जानकारी दिए । हिमपहिरोका कारण बेपत्ता भएकाहरुको बिहानैदेखि खोजी कार्य भइरहेको सहायक सीडीओ पौडेलको भनाइ थियो । तर, सम्पर्कविहीन भएका कति हुन् भन्ने यकिन तथ्यांक प्राप्त नभएको र फरक परक तथ्यांक आइरहेको उनको भनाइ छ ।
अब मनाङको आकासमा भने बादलको टुक्रासमेत नभएको र मौसम पूरै खुलेकाले खोजी तथा उद्धारमा सहज हुने सहायक सिडिओ पौडेलले विश्वास व्यक्त गरे । प्रभु एयरको हेली उद्धार तथा खोजीमा प्रयोग गरिएको उनको भनाइ छ ।





