यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजावादीहरू आज माइतीघरमा उत्रिने, हिजोको प्रदर्शन ‘ऐतिहासिक’ बनेको निष्कर्ष
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजावादीहरू आज माइतीघरमा उत्रिने, हिजोको प्रदर्शन ‘ऐतिहासिक’ बनेको निष्कर्ष
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

राजावादीहरू आज माइतीघरमा उत्रिने, हिजोको प्रदर्शन ‘ऐतिहासिक’ बनेको निष्कर्ष

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १६, शुक्रबार ११:३६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । राजावादी घटकहरूको मोर्चाले हिजोबाट सुरू गरेको ‘संयुक्त जनआन्दोलन’ ले आज पनि निरन्तरता पाउने भएको छ ।

आजको प्रदर्शन भने माइतीघर-बिजुलीबजारमा केन्द्रित गर्ने तयारी मोर्चाले गरेको छ ।

राजसंस्था र हिन्दू राष्ट्र पुन:स्थापना तथा संघीयता खारेजीको एजेन्डासहित संयुक्त जनआन्दोलन समितिको संयोजना र राप्रपाको अगुवाइमा अनिश्चितकालीन आन्दोलन सुरू भएको हो । माग पूरा नभएसम्म सडकबाट नहट्ने राजावादी घटकहरुले बताएका छन् । हिजो पहिलो दिनको आन्दोलन शान्तिपूर्ण रहेको थियो ।

आज माइतीघरको आन्दोलनलाई पनि शान्तिपूर्ण नै बनाइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । हिजोको आन्दोलन सफल र प्रभावकारी बनेकाले कार्यकर्ताहरूको मनोबल उच्च बनेको उनको भनाइ छ ।

श्रेष्ठले भने, ‘हामी एउटा जिम्मेवार राजनीतिक दल हौं । हिंसा भड्काउने हाम्रो योजना छैन । तर, यदि गणतन्त्रवादी दलहरूले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेको खण्डमा आन्दोलन चर्केर जान सक्छ ।’

हिजोको आन्दोलने राजसंस्थावादीहरूको नैतिक जित भएको ठहर पनि श्रेष्ठले गरेका छन् ।

उनी भन्छन्, ‘हिजो गणतन्त्रको उत्सव मनाउनका लागि सत्तारुढ प्रमुख दलले नै आग्रह गरेको थियो । तर, गणतन्त्रको उत्सव मनाउने भन्दा यसको विरोधमा उत्रिनेहरू कयौं गुणा बढी देखिए । यो हाम्रो नैतिक जित हो ।’

पहिलो दिनको आन्दोलनबारे श्रेष्ठको सात बुँदे संश्लेषण यस्तो छः

– गणतन्त्र दिवसकै दिन राजसंस्था पुनस्स्थापनाको आन्दोलन चर्काइयो नारा घन्काइयो, यो ऐतिहासिक उपलब्धी हो

– गणतन्त्र रक्षाका लागि भनेर गरिएको प्रदर्शन फितलो भयो, जनता परिवर्तनको पक्षमा छन् भन्ने सन्देश गएको छ

– गणतन्त्र रक्षात्मक बन्यो, परिवर्तनकारीहरू उत्साहित देखिए, जनताले सत्ता गठवन्धनभन्दा राजसंस्थावादीलाई उत्साहपूर्ण नजरले हेरे

–राजावादीहरूलाई रिंगरोडबाहिरै रोक्नु भनेर प्रधानमन्त्री आफैँले हुंकार गरेका थिए, रत्नपार्कमै भेला भएर गतिलो जवाफ दिइयो

–आफैँले आह्वान गरेको कार्यक्रममा भिड नदेखेपछि प्रधानमन्त्री ओली आफैँ उपस्थित हुन सकेनन्, जनता हाम्रो साथमा छन् भन्ने उनको परिकल्पनाले हावा खायो

– हिजोको उत्साहजनक उपस्थितिबाट परिवर्तन सम्भव छ भन्ने सन्देश गएको छ, राजावादीले नविन समझदारीमा पुर्‍याएरै छोड्छन् भन्नेमा जनमानस विश्वस्त बनेका छन्

अघिल्लो लेख गण्डकीमा ‘राइड सेयरिङ’ विरुद्ध व्यवसायीको विरोध, सार्वजनिक यातायात ठप्प
अर्को लेख संसद्को अवरोध हटाउन सभामुखको पहल, प्रमुख सचेतक र सचेतकसँग छलफलमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

२०८२ असार २, सोमबार १०:२४ गते
राष्ट्रियसमाचार

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

२०८२ असार १६, सोमबार ११:४० गते
राष्ट्रिय

उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

२०८१ आश्विन १२, शनिबार १७:२७ गते
कैलालीप्रदेशसमाचार

धनगढीमा एक महिलाको करेन्ट लागेर मृत्यु

२०८१ भाद्र १२, बुधबार १३:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?