यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ प्रक्रिया : इन्टरपोललाई पठाइयो थप कागजात
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ प्रक्रिया : इन्टरपोललाई पठाइयो थप कागजात
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ प्रक्रिया : इन्टरपोललाई पठाइयो थप कागजात

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ बैशाख २७, आईतवार १०:०५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि प्रक्रिया सुरु भएको छ ।

रेड नोटिसका लागि इन्टरपोलले थप कागजात मागेपछि एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो)ले उक्त विवरण पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । ‘केही दिनअघि थप कागजात माग गर्दै इमेल आएकाले सोही अनुसार थप कागजात पठाएका हौं’, प्रहरी स्रोतले भन्यो ।

गत २४ चैतमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

देउवा दम्पतीविरुद्ध रेड नोटिसका लागि एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर, इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन ।

पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती भने विदेशमा छन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ ।

यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरू फर्केका थिए ।

अहिले भने १४ फागुनमा देश छाडेका उनीहरू अहिलेसम्म नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेका छन् ।

रेड नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्ने छन् । यसरी पक्राउ परेको अवस्थामा कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिने छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख १५ कारोबार दिनपछि दोहोरो अङ्कले बढ्यो नेप्से, शेयर बजार २ हजार ७४५ विन्दुमा
अर्को लेख ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता
  • चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

२०८१ माघ १८, शुक्रबार ११:५७ गते
खेलकुदसमाचार

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

२०८२ मंसिर १७, बुधबार ०९:५२ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

२०८२ जेष्ठ ४, आईतवार ११:२५ गते
राष्ट्रिय

बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको पुनःनिर्माण गरिँदै

२०८१ मंसिर २०, बिहीबार ०९:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?