यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छाडेको गाउँमा एकसाथ फर्किए ५० परिवार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छाडेको गाउँमा एकसाथ फर्किए ५० परिवार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

छाडेको गाउँमा एकसाथ फर्किए ५० परिवार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १७, शनिबार १२:२२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

ओखलढुङ्गा :ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-२ को चुहानछापका ५० घरपरिवार एकैसाथ गाउँ फर्किएका छन्।

कृषि उद्यममार्फत आर्थिक रूपान्तरणको संकल्प बोकेर गाउँ फर्किएका नेपाल सरकारका सेवानिवृत्तदेखि विभिन्न क्षेत्रमा सेवा गरेका गाउँबासी चुहानछापलाई हराभरा बनाउन जुटेका हुन् ।

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, रोजगारी, अध्ययन र व्यापार व्यवसाय गर्ने उद्देश्य बोकेर २०६० सालदेखि स्थानीयवासीले गाउँ छाड्न थाले । काठमाण्डौंसहित विभिन्न शहरमा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा माथि पुग्यो । समग्रमा, गाउँ रित्तिँदै गयो । चुहानछापवासी काठमाडौँ, धरान, इटहरी, विराटनगर र बुटवलका बासिन्दा बने ।

‘गाउँ फर्क’ अभियानको परिणाम

३० वर्षअघि ओखलढुङ्गाको चुहानछाप गाउँ हरियाली हराभरा थियो । खेतीयोग्य उर्वर जमिनमा स्थानीयले मानो रोपेर मुरी उब्जाउँथे । १५० घरपरिवारले पशुपालनबाट पनि मनग्गे आम्दानी गर्थे। साविक ठूलाछाप गाउँ विकास समितिको चुहानछापमा अधिकांश सुतार कार्कीको रजगज थियो।

हराभरा गाउँ उजाड हुँदै गयो, उर्वर जमिन बाँझिए। गाउँको स्वरूपै बदलिएर जङ्गलले ढाक्यो तर रोजगारी, अध्ययन आदिका लागि गाउँ छाडेका युवा उमेर ढल्किँदै गएपछि ‘गाउँ फर्क’ अभियान चलाएर जन्मथलो फर्किए । सरकारी जागिरबाट सेवानिवृत्त भूपेन्द्र कार्कीका अनुसार सुन्दर गाउँ उजाड बनेपछि बसाइँ हिँडेकाहरूसँग पटक पटक संवाद गरेर गाउँ फर्किने अभियान सञ्चालन गरिएको हो । उनको घर काठमाडौंमा पनि छ तर उनले गाउँ फर्किएर आफ्नै संयोजनमा ‘गाउँ फर्क’ अभियान चलाएका छन् ।

काठमाण्डौं, ललितपुर, भक्तपुर, धरान, इटहरी, विराटनगरसहित सहरमा गएर बसेका ५० परिवार गाउँ फर्किएका छन्। उनका अनुसार अरू घरपरिवारलाई पनि फर्काउने तयारी भइरहेको छ । कार्कीकै नेतृत्वमा कालिकादेवी बहुउद्देश्यीय कृषि तथा पशुपालन कृषक समूह गठन गरेर पशुपालनका लागि फार्म, तरकारी खेतीका लागि टनेल निर्माण, बाख्रापालन, फलफूल खेतीलगायतको कामको थालनी गरिएको छ ।

शुरुमा ४० वटा राँगापालन गर्न भेटेरिनरी तथा पशुविज्ञ केन्द्र ओखलढुङ्गाको समन्वयमा धमाधम गोठ निर्माणको काम भइरहेको अध्यक्ष कार्कीले जानकारी दिए। उनले सिँचाइको व्यवस्थापन गर्न पानीको स्रोत भएको खेत खरिद गरिएको बताए।

अघिल्लो लेख भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता
अर्को लेख इस्लाम धर्मावलम्बीको रमजान पर्व शुरू
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रियसमाचार

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

२०८२ भाद्र २८, शनिबार १४:२९ गते
राष्ट्रिय

आज सुदूरपश्चिमसहित छ प्रदेशमा भारी वर्षाको सम्भावना

२०८१ भाद्र १७, सोमबार ०८:५१ गते
राष्ट्रियसमाचार

बसको ठक्करबाट तीनजनाको मृ*त्यु, चारजना घाइते

२०८२ जेष्ठ १३, मंगलवार १०:४४ गते
राष्ट्रिय

२९ हजार अमेरिकन डलर सहित मिया पक्राउ

२०८१ मंसिर २८, शुक्रबार १०:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?