यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र २१, शनिबार १२:५४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ ।

दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो ।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन । उनले यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको बताए ।

राजदूत क्षेत्रीले घाइते नेपालीहरुको अवस्थाबारे बुझ्ने काम भइरहेको बताए । ‘औपचारिक रूपमा जानकारीमा आएको छैन् । हामीले पनि यहाँको सरकारी मिडियाले सातजना नेपाली घाइते भएको उल्लेख गरेपछि थाहा पाएका हौं’, राजदूत क्षेत्रीले भने, ‘सोही आधारमा हामीले के भएको हो रु घाइतेहरुको अवस्था कस्तो छ रु उनीहरुको विवरण माग गरेर यहाँको विदेश मन्त्रालयलाई पत्र पठाई सोधेका छौं ।’

त्यहाँको विदेश मन्त्रालयबाट आफूहरूको पत्रको जवाफ प्राप्त भइनसकेको र सोमबारसम्ममा जानकारी प्राप्त हुन सक्ने बताए । ‘शुक्रबार घटना भएको थियो । आज र भोली बिदा भयो । अब सोमबार केही जानकारी आउँछ होला’, राजदूत क्षेत्रीले भने ।

शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोधपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो । जसका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए । जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए । घाइतेमध्ये एक जना नेपालीको अवस्था गम्भीर रहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

हवाई रक्षा प्रणालीले हवाई खतराहरूलाई सफलतापूर्वक रोक्ने क्रममा अबुधावीका केही भागमा भग्नावशेष खसेपछि उक्त घटना हुन पुगेको थियो । यूएईको वायु रक्षा प्रणालीले इरानबाट आउने क्षेप्यास्त्र तथा ड्रोनलाई अवरोध गर्दै आएको छ । तर, शुक्रबार अवरोध गर्ने क्रममा त्यसका अवशेषहरु अजबान क्षेत्रमा खसेको थियो । घटना लगत्तै अबुधाबीका अधिकारीहरूले आपतकालीन प्रतिक्रिया टोलीहरूले प्रभावित क्षेत्रहरूलाई सुरक्षित गर्न र घाइतेहरूलाई चिकित्सा सहायता प्रदान गर्न द्रुत गतिमा काम गरेका थिए ।

यसअघि पनि मार्च १९ मा यस्तै अवरोधपछि क्षेप्यास्त्रका अवशेष खस्दा हब्शान ग्यास सुविधा अस्थायी रूपमा बन्द गरिएको थियो । यूएईको विदेश मन्त्रालयले हब्शान ग्यास सुविधा र बाब फिल्डलाई लक्षित गर्दै गरिएको इरानी आक्रमणको कडा निन्दा गरेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन
अर्को लेख डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

निर्देशनात्मक पत्रमा मुख्यमन्त्रीहरूको आपत्तिपछि अर्थले विवरण सच्यायो

२०८२ कार्तिक २०, बिहीबार १५:३८ गते
राष्ट्रियसमाचार

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

२०८२ असार १४, शनिबार १२:३५ गते
कैलालीराजनीति

सुदूरपश्चिममा मन्त्रालय घटाएर मन्त्रीको जिम्मेवारी हेरफेर

२०८१ श्रावण ११, शुक्रबार १३:३८ गते
राष्ट्रिय

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

२०८३ श्रावण १७, आईतवार १४:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?