यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारी अस्पताल वरिपरि निजी अस्पताल चलाउन बाटो खोलिदै, सुदूरपश्चिम सरकारले ऐन संशोधन गर्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकारी अस्पताल वरिपरि निजी अस्पताल चलाउन बाटो खोलिदै, सुदूरपश्चिम सरकारले ऐन संशोधन गर्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसुदूरपश्चिम प्रदेश

सरकारी अस्पताल वरिपरि निजी अस्पताल चलाउन बाटो खोलिदै, सुदूरपश्चिम सरकारले ऐन संशोधन गर्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र १, आईतवार १६:४४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःसुदूरपश्चिम प्रदेश सरकारले निजी अस्पताल सञ्चालकलाई सहज हुने गरी प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६ संशोधन गर्ने तयारी गरेको छ।

प्रदेश सरकारले ऐनको महत्वपूर्ण प्रावधान नै हटाउने गरी संशोधन प्रस्ताव प्रदेशसभामा दर्ता गरेको हो।

सामाजिक विकास मन्त्रालयले फागुन ११ गते प्रदेशसभामा दर्ता गरेको संशोधन मस्यौदामा ऐनको दफा २७ नै हटाउने प्रस्ताव गरिएको छ। उक्त दफामा सरकारी अस्पताल वा स्वास्थ्य संस्था परिसरको तीन सय मिटर वरिपरि निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङहोम, प्रयोगशाला लगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था रहेको छ।

सोही दफामा यदि त्यस्तो व्यवसाय सञ्चालन भएको पाइएमा स्थानान्तरणका लागि ६ महिनाको समय दिने र तोकिएको समयभित्र स्थानान्तरण नगरे ५० हजार रुपैयाँसम्म जरिवाना गरी हटाउने प्रावधान पनि उल्लेख छ। तर प्रदेश सरकारले तयार पारेको संशोधन मस्यौदामा यो व्यवस्था पूर्ण रूपमा हटाउने प्रस्ताव गरिएको छ।

मस्यौदामा उक्त प्रावधान कार्यान्वयनमा जटिलता देखिएको, नागरिकको स्वास्थ्य संवेदनशीलता, सेवा प्रभावकारिता तथा पेशा–व्यवसाय सञ्चालन गर्न पाउने व्यक्तिको संवैधानिक हकलाई ध्यानमा राख्दै दफा हटाउन आवश्यक भएको उल्लेख गरिएको छ।

तर उक्त दफा हटाइए संघीय कानुनसँग बाझिने सम्भावना रहेको जानकारहरू बताउँछन्। संघीय सरकारले जारी गरेको जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार सरकारी अस्पताल वा स्वास्थ्य संस्थाको कम्तीमा पाँच सय मिटर वरिपरि निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिक वा अन्य स्वास्थ्य सेवा प्रदायक संस्था सञ्चालन गर्न नपाइने व्यवस्था छ। यस व्यवस्थाको उद्देश्य सरकारी स्वास्थ्य सेवाको प्रभावकारिता कायम राख्नु र अनावश्यक प्रतिस्पर्धा हुन नदिनु हो।

प्रदेश सरकारले भने सरकारी अस्पताल नजिकै पनि निजी स्वास्थ्य संस्था सञ्चालन गर्न मिल्ने गरी ऐन संशोधन गर्न थालेपछि आलोचना सुरु भएको छ। कतिपयले यो संशोधन निजी अस्पताल सञ्चालकको हितमा ल्याउन खोजिएको आरोप लगाएका छन्।

एक निजी अस्पताल सञ्चालकका अनुसार सेती प्रादेशिक अस्पताल आसपास सञ्चालन भइरहेका निजी अस्पताललाई फाइदा पुग्ने गरी ऐन संशोधन गर्न लागिएको हो। उनले प्रदेश सरकार निजी अस्पताल सञ्चालकको दबाब वा प्रभावमा परेको देखिएको आरोप लगाए।

यसअघि सामाजिक विकास मन्त्रालयले पुस ८ गते ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड २०७९’ स्वीकृत गरेको थियो। उक्त मापदण्डमा सरकारी स्वास्थ्य संस्था वरिपरि तीन सय मिटरभित्र रहेका निजी स्वास्थ्य संस्थालाई स्थानान्तरण गर्नुपर्ने व्यवस्था गरिएको थियो। तर व्यवहारमा भने यो मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।

ट्याग गरिएको:featured
अघिल्लो लेख चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव सुरु, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान भोली पनि निरन्तर रहने
अर्को लेख सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोप
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

नेपाल प्रिमियर लिगमा ५ रनले शतक हान्न चुके रोहित पौडेल

२०८१ मंसिर २१, शुक्रबार १४:४२ गते
राष्ट्रिय

काठमाण्डौंमा आज पनि वायु प्रदूषण उच्च : विश्वका प्रदूषित शहरमध्ये दोस्रो स्थानमा

२०८१ चैत्र २४, आईतवार ०९:४३ गते
खेलकुद

जिम्वावेसँगको टी–२० श्रृङखला भारतले एक खेल अगावै जित्यो

२०८१ असार ३०, आईतवार १३:१७ गते
राजनीतिसमाचार

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

२०८२ माघ ७, बुधबार १३:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?