यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विधान संशोधन गर्दै रास्वपा, चुनावअघि किन छानिएन संसदीय दलको नेता ?
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विधान संशोधन गर्दै रास्वपा, चुनावअघि किन छानिएन संसदीय दलको नेता ?
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

विधान संशोधन गर्दै रास्वपा, चुनावअघि किन छानिएन संसदीय दलको नेता ?

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन २९, शुक्रबार १५:०४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाइ ल्याएसँगै नयाँ सरकार गठनको तयारी सुरु भएको छ।

संविधान जारी भएपछि मुलुकमा पहिलोपटक संविधानको धारा ७६ (१) बमोजिम सरकार गठन हुँदैछ। जसमा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

तर रास्वपाको विधानका कारण केही जटिलता थपिएको छ। रास्वपाको विधान २०७९ (तेस्रो संशोधन २०८१ सहित) मा संसदीय दलको नेता निर्वाचन अघि नै छान्ने उल्लेख छ।

‘संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ।’ विधानको दफा ६६ मा उल्लेख गरिएको छ।

चुनाव अघि नै संसदीय दलको नेता छान्ने भनेर विधानमा लेखिए पनि रास्वपाले यो काम गरेन । विधानको व्यवस्था किन कार्यान्वयन भएन ? भन्ने प्रश्नमा पार्टीका प्रवक्ता एवं नवनिर्वाचित सांसद मनिष झाले अति संक्षिप्त जवाफ दिए, ‘चुनावअघि धैरै चटारो भयो, भ्याइएन।’

अझ रोचक त के छ भने संसदीय दलको नेता छान्नका लागि रास्वपाका सबै सदस्यले मतदान गर्न पाउने व्यवस्था विधानमा छ। यदि संसदीय दलको नेता चुनिएको व्यक्ति निर्वाचनमा पराजित भएको अवस्थामा विजयी इच्छुक उम्मेदवारहरुबीच संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने व्यवस्था छ।

यसमा पनि पार्टीका सबै सदस्यले मतदानमा भाग लिन पाउने व्यवस्था विधानमा छ। पार्टीको संसदीय दलको नेता पार्टीले सरकारको नेतृत्व लिएमा प्रधानमन्त्री हुने व्यवस्था विधानमा उल्लेख छ।

बालेन कसरी प्रधानमन्त्री ?

संसदीय दलको नेता चयनका लागि गर्नुपर्ने निर्वाचन गर्न नभ्याएको बताउने रास्वपाले संसदीय दलको नेता र प्रधानमन्त्री बालेन शाह हुनेगरी सम्झौता गरिसकेको छ।

गत पुस १३ गते पार्टी सभापति रवि लामिछाने साहबीच भएको सात बुँदे सम्झौता पत्रमा बालेन शाह पार्टीको संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने उल्लेख छ। शीर्ष तहमा समझदारी भए पनि विधान उल्लंघन भएपछि कानुनी प्रश्न उठ्ने भएको छ।

त्यसैले रास्वपाले सरकार गठन गर्नुअघि पहिला विधान संशोधनको तयारी गरेको छ।

दफा ७७ मा भएको विधान संशोधनको व्यवस्था अनुसार पार्टीको केन्द्रीय परिषद्को सामान्य बहुमतले विधान संशोधन गर्न सक्ने उल्लेख छ।

‘हामी विधान संशोधन गर्छौं। त्यसको तयारी भइरहेको छ। अहिले पार्टी सभापति रवि लामिछानेसहितका धेरै नेताहरु चुनावको धपेडीका कारण विरामी भएका छन्।’ प्रवक्ता झाले भने, ‘छिट्टै यसबारे निर्णय हुन्छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख वीरगञ्जको नारायणी रंगशालाको पुनर्निर्माण सुरु
अर्को लेख चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव सुरु, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान भोली पनि निरन्तर रहने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने वडाध्यक्षसहित पाँच जना पक्राउ

२०८१ पुष २५, बिहीबार १४:१० गते
राष्ट्रियसमाचार

आज राति पूर्ण चन्द्र ग्रहण, नेपालभर देख्न सकिने

२०८२ भाद्र २२, आईतवार १३:१४ गते
कैलालीसमाचार

चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव सुरु, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान भोली पनि निरन्तर रहने

२०८२ फाल्गुन २९, शुक्रबार २१:२४ गते
राजनीतिराष्ट्रिय

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

२०८१ आश्विन ४, शुक्रबार १२:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?