यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वीरगञ्जको नारायणी रंगशालाको पुनर्निर्माण सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वीरगञ्जको नारायणी रंगशालाको पुनर्निर्माण सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

वीरगञ्जको नारायणी रंगशालाको पुनर्निर्माण सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन २९, शुक्रबार १४:२७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।

रंगशालाको जीर्ण संरचना हटाएर नयाँ निर्माण गर्ने प्रक्रिया आजदेखि सुरु भएको हो ।

पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार कानुका अनुसार पहिलो चरणमा पुराना र जीर्ण ८८ प्याराफिटहरू डोजर प्रयोग गरेर भत्काउने काम सुरु गरिएको छ । ती संरचना हटाइसकेपछि नयाँ प्याराफिट निर्माण गरिने योजना रहेको उनले बताए ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेट निकासा भएपछि निर्माण कार्य अघि बढाइएको हो । अध्यक्ष कानुका अनुसार तत्कालीन कानुनमन्त्री अजय चौरसियाको पहलमा तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बजेटमा यो रकम व्यवस्था गरेका थिए ।

हाल उपलब्ध रकमबाट प्रारम्भिक चरणका काम मात्रै सम्पन्न गरिने बताइएको छ । रंगशालाको पूर्ण मर्मत र स्तरोन्नतिका लागि भने थप बजेट आवश्यक पर्ने अध्यक्ष कानुले जानकारी दिए ।

पहिलो चरणको निर्माण पूरा भएपछि नेपाल सरकार र युवा तथा खेलकुद मन्त्रालयसँग थप बजेट माग गर्ने तयारी गरिएको छ ।

त्यस्तै मधेश प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने लक्ष्य उल्लेख गरेको छ । त्यसैले प्रदेश सरकारबाट पनि थप आर्थिक सहयोगका लागि पहल गरिने योजना छ ।

करिब ३५ हजार दर्शक क्षमता रहेको नारायणी रंगशाला लामो समयदेखि मर्मत अभावका कारण जीर्ण अवस्थामा पुगेको थियो । विगतमा यहाँ राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने गरे पनि पछिल्ला वर्षहरूमा संरचना कमजोर भएपछि ठूला प्रतियोगिता सञ्चालन हुन सकेका थिएनन् ।

खेलाडी र खेलप्रेमीहरूले झन्डै एक दशकदेखि रंगशालाको पुनर्निर्माणको माग गर्दै दबाबमूलक आन्दोलन गर्दै आएका थिए । संघीय र प्रदेश संसदमा पनि यो विषय पटक–पटक उठ्दै आएको थियो ।

नारायणी रंगशालाको इतिहास हेर्दा, २०३८ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा १७ बिघा १० कट्ठा जग्गा खरिद गरी यसको योजना अघि बढाइएको थियो । २०४२ सालमा निर्माण सम्पन्न भएको रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख मुख्यमन्त्री शाहमाथि ५ लाख घुस मागेको आरोप : डिभिजनल वन अधिकृत भट्टसँग मागियो स्पष्टीकरण
अर्को लेख विधान संशोधन गर्दै रास्वपा, चुनावअघि किन छानिएन संसदीय दलको नेता ?
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ

२०८२ असार ११, बुधबार १०:३१ गते
राजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमकी भूमि व्यवस्था मन्त्री थापा बर्खास्त

२०८१ श्रावण १४, सोमबार ०९:४० गते
खेलकुदसमाचार

भारतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने यू–१९ टेबल टेनिस टोलीलाई धनगढीमा विदाइ

२०८२ चैत्र २३, सोमबार १५:५६ गते
राजनीति

अहिलेका मन्त्रीलाई ‘स्टन्ट’ गर्नु जरुरी छैन : परराष्ट्रमन्त्री राणा

२०८१ श्रावण १६, बुधबार १८:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?