यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन २५, सोमबार १४:०२ गते
SudarshanTelevision
7 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ ।

संसद् सचिवालयका अनुसार दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।

शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।

राष्ट्रिय सभाको निर्वाचन गत ११ माघमा भएको थियो । उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।

संसद् सचिवालयले शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई भनेको छ ।

उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एकरएक प्रति लिएर जानुपर्छ ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी अनुवादको एक प्रति २४ फागुनसम्म संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।

यही २० फागुनमा कार्यकाल सकिएका १९ मध्ये १८ पदका लागि गत ११ माघमा निर्वाचन भएको हो । एक जना राष्ट्रपतिबाट मनोनित सांसद थिए । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनीत गर्नेछन् ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन् ।

राष्ट्रिय सभा सदस्यमा निर्वाचित महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाही प्रतिनिधिसभा सदस्य भएर काम गरिसकेका अनुहार हुन् ।

मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित ८३ वर्षीय महन्थ ठाकुर विघटित प्रतिनिधिसभा सदस्य थिए । पटक–पटक प्रतिनिधिसभा सदस्य भएर काम गरेका उनी राजनीतिको उत्तरार्धतिर राष्ट्रिय सभा सदस्य भएका हुन् ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रामकुमारी झाँक्री पनि प्रतिनिधिसभाकी पूर्व सदस्य हुन् ।

२०७४ मा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् । २०७९ को प्रतिनिधिसभा सदस्यको चुनावमा हार बेहोरेकी थिइन् । यसपटक राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

यसैगरी, कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाही संविधान सभामा रहेर काम गरेका नेता हुन् ।

२०६४ को पहिलो संविधान सभा चुनावमा आफ्नै पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए । शाही पराजित भए । तर, पार्टी छाडेनन् । २०७० को दोस्रो संविधान सभा चुनावमा जुम्लाबाट निर्वाचित भए र नेपालको संविधान २०७२ निर्माणमा भूमिका खेले । २०७९ को चुनावमा प्रदेश सभामा चुनाव लडे, जितेनन् ।

यसपटक उनी राष्ट्रिय सभा सदस्य भएका हुन् ।

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्विरोध निर्वाचित सुनीलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

६६ वर्षीय थापासँग यसअघि नै संघीय सांसद र संघीय मन्त्री भएर काम गरेको अनुभव छ ।

२०७० सालमा धनकुटा क्षेत्र नम्बर–२ बाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । त्यसबेला उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चुनाव जितेका हुन् ।

२०७४ साल जेठमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा सुनिलबहादुर थापा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए ।

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्वाचित अर्की सांसद हुन्– रोशनी मेचे । उनी सीमान्तकृत मेचे समुदायकी हुन् ।

मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा लोसपाका महन्थ ठाकुर बाहेक नेपाली कांग्रेसका धमेन्द्र पासवान र रन्जित कर्ण तथा नेकपा एमाले एमालेका रेखा झा निर्वाचित भएका छन् ।

धमेन्द्र पासवान दलित अधिकारकर्मी हुन् । रन्जित कर्ण नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय अध्यक्ष हुन् ।

कोशी प्रदेशबाट सोम पोर्तेल राष्ट्रिय सभामा निर्वाचित भएका छन् ।

बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका डा। प्रेम दंगाल निर्वाचित भएका छन् । दंगाल एमालेका केन्द्रीय सदस्य हुन् ।

गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी र सम्झना देवकोटा निर्वाचित भएका छन् ।

जगत त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत थिए । कांग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक संघमा २०७३ सालदेखि अध्यक्ष रहेका उनै जगतलाई कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको हो ।

एमालेकी देवकोटा तीन वटा चुनावको हारपछि राष्ट्रिय सभा सदस्य बन्न सकेकी छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकाबाट उपमेयरमा उम्मेदवार थिइन् । तर, पराजित भइन् । २०७९ को निर्वाचनमा सोही नगरपालिकामा देवकोटा मेयरको उम्मेदवार भइन् । चुनाव जितिनन् । एमालेले २०८० माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा देवकोटालाइ उम्मेदवार बनायो, जितिनन् । यसपटक भने देवकोटाको संसद् छिर्ने धोको पुरा भएको छ ।

लुम्बिनी प्रदेशबाट कांग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । केसी गुल्मीका र जंगली दाङका पुराना नेता हुन् ।

कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाहीसँगै एमालेकी मिना रखाल निर्वाचित भएकी छन् ।

सुदूरपश्चिम प्रदेशबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी निर्वाचित भएका छन् । खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव र पूर्वमहान्यायाधिवक्ता हुन् । भण्डारी माओवादी पृष्ठभूमिबाट आएकी नेता हुन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख ४ पार्टीको कट्यो थ्रेसहोल्ड, श्रम संस्कृति नजिकै
अर्को लेख बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

नेपाल सुपर लिगको एलिमिनेटरमा आज चितवन र पोखरा खेल्दै

२०८२ बैशाख ७, आईतवार १०:३५ गते
राष्ट्रिय

झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा

२०८१ मंसिर ११, मंगलवार ०८:१९ गते
अन्तर्राष्ट्रियसमाचार

बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी

२०८२ पुष ६, आईतवार १०:५३ गते
राष्ट्रिय

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

२०८१ फाल्गुन १६, शुक्रबार १४:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?