यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागूऔषधविरुद्धको सन्देशसहित राष्ट्रिय युवा संघ नेपालद्वारा धनगढीमा भलिबल प्रतियोगिता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागूऔषधविरुद्धको सन्देशसहित राष्ट्रिय युवा संघ नेपालद्वारा धनगढीमा भलिबल प्रतियोगिता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीखेलकुद

लागूऔषधविरुद्धको सन्देशसहित राष्ट्रिय युवा संघ नेपालद्वारा धनगढीमा भलिबल प्रतियोगिता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २४, आईतवार १६:५४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी —लागूऔषधको बढ्दो प्रयोग र यसको दुष्परिणामप्रति युवाहरूलाई सचेत गराउने उद्देश्यले राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ।

चैत २९ गतेदेखि वैशाख २ गतेसम्म धनगढी रङ्गशालामा सञ्चालन हुने खुला पुरुष भलिबल प्रतियोगितामा पहिलो हुने टोलीलाई २ लाख २५ हजार, दोस्रो हुनेलाई १ लाख २५ हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ।

यसअघि प्रतियोगिता चैत १९ गतेबाट सुरु हुने भनिएपनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन परेकाले कार्यक्रमलाई केही दिनपछि सारिएको हो। निर्वाचन सकिएपछि अब भने युवा संघले पूर्ण तयारीसहित प्रतियोगिता सञ्चालन गर्न लागेको छ।

राष्ट्रिय युवा संघ, नेपालले पछिल्लो समय युवालाई लागुऔषध, हिंसा, बेरोजगारी र निराशाबाट जोगाउँदै सकारात्मक ऊर्जा र रचनात्मकताको दिशामा उन्मुख गराउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसै क्रममा खेलकुद गतिविधिलाई प्राथमिकतामा राख्दै संघले भलिबल प्रतियोगिताको आयोजना गरेको हो।

संघका अनुसार भलिबल प्रतियोगिता केवल खेल मात्र नभई सामाजिक सन्देश बोकेको कार्यक्रम पनि हो। ‘आजको युवा खेलकुदमा सक्रिय रहँदा भोलिको समाज स्वस्थ, सबल र समृद्ध हुन्छ,’ राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अरुण कुँवरले भने, ‘हामी लागूऔषधविरुद्धको अभियानलाई खेलकुदसँग जोड्दै चेतना फैलाउन चाहन्छौं।’

धनगढी लगायत सुदूरपश्चिममा पछिल्ला वर्षहरूमा युवाबीच लागूऔषधको प्रयोग बढ्दो छ। यसले पारिवारिक, शैक्षिक, सामाजिक र मानसिक क्षेत्रमा गम्भीर असर पारिरहेको छ। यस्तो अवस्थामा खेलकुदमार्फत युवाहरूलाई अनुशासित, स्वस्थ र आशावादी बनाउने संघको प्रयास सराहनीय देखिन्छ।

राष्ट्रिय युवा संघ, नेपालले भविष्यमा पनि यस्ता रचनात्मक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। संघले खेलकुदलाई मात्र नभई साहित्य, कला, नेतृत्व विकास, वातावरण संरक्षण जस्ता थुप्रै क्षेत्रमा युवाहरूको सहभागिता सुनिश्चित गर्ने कार्यमा सक्रियता बढाएको छ।

धनगढी रङ्गशालामा हुने यो प्रतियोगिताले खेलप्रेमी युवालाई ऊर्जा प्रदान गर्नुका साथै लागूऔषधको विरुद्ध दृढ सन्देश दिने विश्वास लिइएको छ। संघले सम्पूर्ण सुदूरपश्चिमवासीलाई प्रतियोगिता अवलोकन र समर्थन गर्न समेत आग्रह गरेको छ।

अघिल्लो लेख कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ
अर्को लेख दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलाली

आज सुदूरपश्चिमका रानाथारु समुदायले तीज पर्व मनाउँदै

२०८१ श्रावण २३, बुधबार १३:२० गते
कैलाली

धनगढीको एक होटेलमा आगलागी हुँदा साढे ४ लाखको क्षति

२०८१ कार्तिक २५, आईतवार १०:५१ गते
खेलकुद

नेपाल र म्यानमारको भिडन्त आज

२०८१ फाल्गुन ११, आईतवार ०९:१६ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

२०८२ जेष्ठ ७, बुधबार १२:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?