यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीको एक वन समूहमा ३ लाखभन्दा बढी भ्रष्टाचार, अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीको एक वन समूहमा ३ लाखभन्दा बढी भ्रष्टाचार, अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटीसमाचार

डोटीको एक वन समूहमा ३ लाखभन्दा बढी भ्रष्टाचार, अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २१, सोमबार १४:०९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःडोटी जिल्लाको के.आई.सिं. गाउँपालिका–२ मा रहेको समाज कल्याण जनजागृत सामुदायिक वन उपभोक्ता समितिमा आर्थिक अनियमितता भएको पाइएको छ।

सामुदायिक वनको काठ बिक्रीबाट बैंकमा जम्मा गरिएको रकम समितिका अध्यक्ष र केही सदस्यहरूले मिलेमतोमा झिकेर दुरुपयोग गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा ३ लाख १ हजार ९९६ रुपैयाँ बराबरको भ्रष्टाचार भएको पुष्टि भएको हो।

अनुसन्धानका क्रममा समितिले वृक्षारोपणका लागि ६७ हजार ५०० रुपैयाँ बराबरका बिरुवा खरिद गरेको दाबी गरे पनि सोको वास्तविक प्रमाण नदेखिएको, बिल भुक्तानीमा समेत शंका लाग्ने विवरण फेला परेको छ। अनुगमन गर्दा वृक्षारोपण गरिएको भनिएको स्थानमा बिरुवा नरहेको देखिएको छ।

त्यसैगरी, ३ महिनाको सिलाइ–कटाइ तालिम सञ्चालन गरेको भन्दै ८ जना सहभागीलाई प्रतिव्यक्ति २९ हजार ३१२ रुपैयाँ भुक्तानी गरिएको कागजात पेश गरिएको थियो। तर एउटै भरपाईको फरक–फरक प्रमाणित प्रतिलिपि डिभिजन वन कार्यालय डोटी र उपभोक्ता समितिबाट पेश भएको पाइएकोले ती कागजात नक्कली भएको ठहर गरिएको छ।

यस्तै, तालिममा सहभागी देखाइएका केही व्यक्तिहरू सोही अवधिमा फरक स्थानमा घोरेटो बाटो निर्माण कार्यमा समेत संलग्न देखिएको, भौगोलिक दूरी र समयका हिसाबले एकै समयमा दुवै काममा सहभागी हुन नसक्ने अवस्था रहेको अनुसन्धानबाट खुलेको छ। यसरी नचलाइएको तालिम र नभएको कामको नाममा झुट्टा कागजात तयार गरी रकम हिनामिना गरिएको निष्कर्ष निकालिएको छ।

उक्त प्रकरणमा समाज कल्याण जनजागृत सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर पुन मगर, सचिव तारा देवी साउँद र कोषाध्यक्ष दिलबहादुर साउँदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कसूर कायम गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। अभियोगमा बिगो बराबर जरिवाना, कैद तथा बिगो असुल उपर गर्न माग गरिएको छ।

अघिल्लो लेख भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
अर्को लेख काठमाण्डौंको तापक्रम आज ३ डिग्री सेल्सियसमा झर्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

जहाज दुर्घटना : पाँच परिवारले बुझे शव

२०८१ श्रावण ११, शुक्रबार १८:२५ गते
राष्ट्रियसमाचार

चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता एक वर्षको लागि कालोसूचीमा

२०८२ असार २३, सोमबार १३:०१ गते
खेलकुद

दीपेन्द्रसिंह ऐरी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा

२०८१ आश्विन १६, बुधबार १५:४६ गते
राजनीतिराष्ट्रिय

नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै

२०८१ असार २८, शुक्रबार १८:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?