यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष ११, शुक्रबार १२:५३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विज्ञप्ति निकालेर आयोगले समाजको पूँजीका रूपमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गरि देश र समाज लाभान्वित हुन तीनै तहका सरकारले ठोस कदम चाल्नु आवश्यक रहेको जनाएको छ ।

संविधानको धारा ४१ मा व्यवस्था गरिएको ज्येष्ठ नागरिकको हक तथा ज्येष्ठ नागरिक ऐन २०६३ को कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले गरेको अध्ययनका क्रममा ज्येष्ठ नागरिक आफ्नो अधिकारका बारेमा जानकार नहुनुका साथै उनीहरूले राज्यले प्रदान गर्ने सेवा सुविधाको प्रभावकारिताको अनुभूति गर्न नपाएको देखिएको आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

राज्यबाट प्रदान गरिएका स्वास्थ्य र यातायात सेवामा प्राथमिकता लगायतका सुविधाबाट ज्येष्ठ नागरिक वञ्चित हुनुका साथै पहुँचयुक्त नभएको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।

कतिपय ज्येष्ठ नागरिक पारिवारिक विखण्डन, परिवारबाट हेला र वृद्धाश्रममा लगेर राख्ने जस्ता प्रवृत्तिले परिवारका सदस्यसँगै नहुँदा एक्लो महसुस गर्नुपरेको र उनीहरूको सम्मान, हेरचाह र मायामा समेत कमी आउँदा ज्येष्ठ नागरिक अधिकारको उपभोगबाट वञ्चित हुनुपरेको देखिन्छ ।

नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजार तीन सयभन्दा धेरै छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ज्येष्ठ नागरिकको वृद्धिदर ३ दशमलव ५ प्रतिशत रहेको छ । आउँदा दिनमा ज्येष्ठ नागरिकको सङ्ख्या अझ बढ्ने आँकलन गरिएको छ ।

आज पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘हाम्रो साझा अभियान:ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ मनाइँदैछ । जेष्ठ नागरिकलाई सम्मान र अधिकारको सुनिश्चिततामा टेवा पुगोस् भन्ने उद्देश्यले २०७८ सालदेखि नेपालमा यो दिवस मनाउन शुरुआत गरिएको हो ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ
अर्को लेख सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

१४ किलो सुन तस्करीमा समातिइन् अभिनेत्री रान्या राव

२०८१ फाल्गुन २१, बुधबार १०:१४ गते
राष्ट्रियसमाचार

मध्य पुसको चिसोमा चटाइ र घूरको भर : वीरगञ्ज क्षेत्रका विद्यालयमा थप तीन दिन बिदा

२०८२ पुष १६, बुधबार १०:४० गते
स्वास्थ्य-शिक्षा

शिक्षकहरू आज पनि प्रदर्शनमा, सर्वोच्चले आदेश दिए पनि विद्यालय खुल्नेमा शङ्का

२०८२ बैशाख १२, शुक्रबार १३:५४ गते
राष्ट्रिय

देशभरको मौसम सफा, काठमाण्डौंमा हिजोको तुलनामा चिसो केही कम

२०८१ मंसिर ३०, आईतवार ०७:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?