यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियामा आजदेखि महोत्सव सुरु हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियामा आजदेखि महोत्सव सुरु हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

अत्तरियामा आजदेखि महोत्सव सुरु हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष ९, बुधबार १०:४५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको अत्तरियामा २ वर्षको अन्तरालपछि आजदेखि महोत्सव आयोजना हुने भएको छ।

२०६७ सालदेखि अत्तरियामा आयोजना हुँदै आएको महोत्सव गत वर्ष रोकिएको भए पनि यस वर्ष नयाँ आयोजकले नयाँ व्यवस्थापनका साथ ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ आयोजना गर्न लागेको छ। २०६७ देखि २०१७१ सम्म अत्तरियामा महोत्सव आयोजना गरिसकेको न्यु सृजनशील युवा क्लबको आयोजनामा आजदेखि महोत्सव सुरु हुन लागेको हो।

२०७२ देखि २०८० सम्म भने अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ आयोजना गरेको थियो। गत वर्ष उद्योग वाणिज्य संघमा भएको आन्तरिक विवादका कारण महोत्सव हुन सकेको थिएन। यस वर्ष पनि महोत्सव आयोजना हुने अवस्था नभएपछि क्लबले महोत्सव आयोजना गर्न लागेको हो।

यस पटकको महोत्सवको स्थान पनि परिवर्तन भएको छ। यसअघि अत्तरियामा रहेको लामिताल क्षेत्रमा महोत्सव आयोजना हुने गरेकोमा यस वर्ष लामितालको दक्षिण पट्टि रहेको सुरक्षा सामुदायिक वनको खुला चौरमा महोत्सवको मञ्च तयार पारिएको छ। महोत्सवको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सव उद्घाटन अघि बिहान १० बजेदेखि अत्तरिया बजारमा ¥याली सहित परिक्रमा गरिने मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक यु सृजनशील युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताए।

उनले आज पुस ९ गतेदेखि १९ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको र शृङ्गार पटारको काम मात्रै बाकी रहेको बताए। उनले स्टेज सजाउने काम मात्रै बाँकी रहेको बताए।  उनले महोत्सवमा १८० स्टल रहने र सबै बुक भइसकेको बताए। महोत्सव डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ। जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ।

महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको अध्यक्ष राईले बताए। उनले महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागिता रहने बताए। महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई निःशुल्क, विद्यार्थीलाई ५० रुपैयाँ र सामान्य टिकट १ सय रुपैयाँ तोकिएको छ। महोत्सवको सुरक्षाको लागि क्लबका युवाहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी सँग समन्वयन गरिएको अध्यक्ष राईले बताए

अघिल्लो लेख पाहुनाको रोजाइमा छेडेदह ताल
अर्को लेख कैलालीमा उत्कृष्ट कार्य गर्ने दुई प्रहरी सम्मानित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको दुई लाख १० हजार ४ सय रुपैयाँ पुग्यो

२०८२ भाद्र २०, शुक्रबार १३:५० गते
राजनीति

स्ववियु निर्वाचन : कतै कुटपिट, कतै क्याम्पस तोडफोड

२०८१ फाल्गुन २९, बिहीबार १५:०३ गते
राजनीतिसमाचार

कांग्रेसको देउवापक्ष समूह आयोगको निर्णयविरुद्ध भोलि सर्वोच्च अदालत जाने

२०८२ माघ ३, शनिबार १३:११ गते
अन्तर्राष्ट्रिय

ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

२०८१ श्रावण २६, शनिबार ०९:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?