काठमाण्डौं –आज सुनको भाउ दुई हजार रुपैयाँले घटेको छ ।
आज सुन तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।





