यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मुख्यमन्त्री शाह क्षति भएका नगरपालिहरूका भवनको अवलोकनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मुख्यमन्त्री शाह क्षति भएका नगरपालिहरूका भवनको अवलोकनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

मुख्यमन्त्री शाह क्षति भएका नगरपालिहरूका भवनको अवलोकनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १३, सोमबार १५:२१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ प्रदर्शनका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा भएको क्षतिबारे अवलोकन गरेका छन्।

मुख्यमन्त्री शाहले आइतवार गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाको अवलोकन गरेका हुन्।

मुख्यमन्त्री शाहले आन्दोलनका क्षतिग्रस्त भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएका छन्। उनलाई घोडाघोडी नगरपालिका नगर प्रमुख खडक रावतले आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण घोडाघोडी नगरपालिका र सम्पूर्ण वडाले ठूलो आर्थिक क्षति बेहोर्नु परेकाबारे जानकारी गराए।

नगरप्रमुख रावतका अनुसार घोडाघोडी नगरपालिकामा जिन्सीतर्फ तीन करोड ५० लाख ९७ हजार ७०० क्षति भएको छ भने पूर्वाधारतर्फ ७० लाख क्षति भएको छ। यसैगरी, १२ वटै वडामा जिन्सीतर्फ दुई करोड २९ लाख २८ हजार र पूर्वाधारतर्फ दुई करोड क्षति भएको छ। पालिकाभरि आठ करोड ५० लाख २५ हजार क्षति भएको नगरप्रमुख रावतले जानकारी दिए। “प्राविधिकका अनुसार नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष पुनर्निर्माण नगरेसम्म सेवा दिन सकिने अवस्था छ। यस्तै, वडा नं ४, ६, र १२ पनि पुनर्निर्माण गर्नुपर्ने देखिएको छ। हाललाई नगरपालिकाबाट दैनिक सामान्य सेवा दिइरहेका छौँ। दसैँ र तिहारको बीचमा सबै कार्यालय पुनर्निर्माण गरी तिहारपछि राम्रोसँग सेवा सञ्चालन गर्नेछौँ”, उनले भने।

घोडाघोडी नगरपालिकासँगै गोदावरी र गौरीगङ्गा नगरपालिकाको पनि क्षतिको विवरण लिइएको छ। गोदावरी नगरपालिकामा रु नौ करोड र गौरीगङ्गामा सात करोड १२ लाख बढीको क्षति भएको छ। कैलालीमा सबैभन्दा बढी घोडाघोडी, गोदावरी र गौरीगङ्गा नगरपालिकामा क्षति पुगेको जनाइएको छ।

अवलोकनका क्रममा मुख्यमन्त्री शाहले पुनर्निमार्णका लागि सबै एकजुट हुनुपर्ने बताए। प्रदेश सरकार खर्च कटौतीमा लागेको बताउँदै उनले सबै पालिकाले पनि खर्च कटौती गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री शाहले प्रदेश सरकारले नागरिकको सुरक्षा, शान्ति–व्यवस्था र पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्दै प्रभावित नगरपालिकामा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए।

अघिल्लो लेख कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइए
अर्को लेख वेस्ट इन्डिजसँग नेपालले दोस्रो खेल खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०८१ श्रावण २३, बुधबार १०:०४ गते
खेलकुदसमाचार

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज दोस्रो पटक श्रीलङ्कासँग खेल्दै

२०८२ श्रावण १, बिहीबार ११:३३ गते
राजनीति

रास्वपाले बनायो ‘संविधान परिमार्जन सुझाव कार्यदल’

२०८१ पुष २१, आईतवार १३:२४ गते
राष्ट्रियसमाचार

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते

२०८२ आश्विन २४, शुक्रबार १०:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?