काठमाडौं– नेपाल फार्मेसी संघ बागमती प्रदेशको प्रथम भेला राजधानीमा सम्पन्न भएको छ । भेलाबाट रामहरि गौतमको अध्यक्षतामा सर्वसम्मत रूपमा २३ सदस्यीय कार्यसमिति निर्विरोध गठन गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, वरिष्ठ फार्मासिस्ट डा। धर्म खनाल, फार्मेसी परिषद्का पूर्वअध्यक्ष तथा औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, संघका सल्लाहकार बाबुराम हुमागाई, संस्थापक अध्यक्ष अमृत खनाल, सल्लाहकार विष्णु प्रसाद भट्टराई, नेपाल फार्मेसी संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना, नेपाल फार्मेसी परिषद्का सदस्य राजन मानन्धरलगायतको सहभागिता थियो।
बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपस्थित फार्मासिस्ट र फार्मेसी सहायकहरूको सक्रिय सहभागितामध्ये सम्पन्न भेलाले प्रदेशस्तरीय संगठनलाई संस्थागत स्वरूप दिएको आयोजकहरूले बताएका छन्।
संघले उपस्थित सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै नयाँ नेतृत्वको कार्यकालमा फार्मेसी क्षेत्रको सुदृढीकरण, पेशागत अधिकारको संरक्षण र औषधि व्यवस्थापन सुधारमा योगदान पुर्याउने प्रतिवद्धता जनाएको छ।




