यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मुख्यमन्त्री शाहलाई वन मन्त्रीको चुनौतीः गल्ती भए बर्खास्त गर्नुहोस्
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मुख्यमन्त्री शाहलाई वन मन्त्रीको चुनौतीः गल्ती भए बर्खास्त गर्नुहोस्
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशराजनीतिसमाचार

मुख्यमन्त्री शाहलाई वन मन्त्रीको चुनौतीः गल्ती भए बर्खास्त गर्नुहोस्

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ५, बिहीबार ०९:१६ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी। सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई कुनै गल्ती नगरेकोले पदबाट राजीनामा नदिने जवाफ फर्काएका छन् ।

चौधरीलाई मुख्यमन्त्री शाहले तत्कालीन कृषिमन्त्री हुुँदाका बेला अनुदानमा पावर टिलर वितरण गर्ने विषयमा विवादमा जोडिएको भन्दै राजीनामा दिन निर्देशन दिएको कुरा सार्वजनिक भएको थियो । तर, मन्त्री चौधरीले भने आफूले पदीय मर्यादाविपरीत कुनै काम नगरेको भन्दै पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

चौधरीले मुख्यमन्त्री शाहलाई अधिकार प्रयोग गरेर आफूलाई बर्खात गर्न चुनौती दिएका छन् । ‘उहाँले मलाई दुईपटक फोन गरेर तपाईंले राजीनामा गरेर सहयोग गरिदिनुपर्‍यो भन्नुभएको थियो’, मन्त्री चौधरीले भने, ‘मैले कुनै गल्ती गरेको छैन । किन राजीनामा गर्ने ? यदी कुनै गल्ती गरेको छु भने आफ्नो अधिकार प्रयोग गरेर बर्खास्त गर्नुहोस् भनेको छु ।’

मन्त्री चौधरीले बाहिर सार्वजनिक भए जस्तो आफूले कृषिमन्त्री हुँदा कुनै बदमासी नगरेको दाबी गरेका छन् । खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको विषयलाई लिएर मुख्यमन्त्री शाहले आफूलाई पदबाट हटाउन खोजेको चौधरीको भनाइ छ ।

‘कुरा बाहिर आएजस्तो होइन । हामीले खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक खेम जोशीलाई नियुक्त गरेर पठायौं । त्यसमा उहाँले आफ्नो मान्छे परेन भनेर राजीनामा गर्नुहोस् भन्नुभएको हो’, मन्त्री चौधरीले भने, ‘कृषि मन्त्री हुँदा पावर टिलरको अनुुदान वितरणमा कुनै कमजोरी भएको छैन । त्यो मलाई बदनाम गर्न बनाइएको फण्डा मात्र हो ।’

मन्त्री चौधरीले राजीनामा नदिने अडान लिएपछि मुख्यमन्त्री शाहले उनलाई पदबाट राजीनामा गर्लान् ? यो भने हेर्न बाँकी छ । तर, मुख्यमन्त्रीले बर्खास्त गर्नुभन्दा चौधरी स्वयं मार्ग प्रशस्त गरेमा राम्रो सन्देश जाने कुरा मन्त्री चौधरीलाई सुझाएको स्रोत बताउँछ ।

नागरिक उन्मुक्ति पार्टी(नाउपा) का प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले पनि मन्त्रीबाट कुनै कमजोरी भए बर्खास्त गर्नसक्ने अधिकार स्वयं मुख्यमन्त्रीलाई भएको बताए । उनले कुनै कारणविना राजीनामा दिने कुरा नहुने बताउँदै चित्त नबुझेको भए मुख्यमन्त्रीलाई अधिकार प्रयोग गर्न भनेका छन् ।

‘मन्त्रीको राजीनामा किन माग्नुपर्‍यो । उहाँ(मुख्यमन्त्री) सँग कुनै कमजोरी भए मन्त्रीलाई बर्खास्त गर्न सक्ने अधिकार छदैछ नी । चित्त नबुुझेमा अधिकार प्रयोग गरे भइहाल्यो,’ चौधरीले भने, ‘बिना कारण मन्त्रीले राजीनामा गर्ने कुरा हुदैन नी ।’

नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले ४ जेठमा मन्त्रीमा नियुक्त गरेका थिए ।

नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दीगो वन व्यवस्थापन कार्यविधिमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वरलाई मन्त्रीमा पठाएको थियो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कारागारमा कैदीबन्दीको मृत्युपछि डडेलधुरा बजार बन्द
अर्को लेख राजु पाण्डेको पक्षमा किन जारी भयो आदेश ?
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

२०८२ असार २, सोमबार १०:२४ गते
राजनीतिराष्ट्रिय

डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्रीको आग्रह

२०८१ श्रावण २, बुधबार ११:२३ गते
राष्ट्रिय

शंखरापुर दुर्घटना : २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

२०८१ फाल्गुन २, शुक्रबार ०९:१४ गते
बाजुरासमाचार

बाजुरामा वर्षासँगै भारी हिमपात

२०८२ माघ १४, बुधबार ११:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?