यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विपद् प्रतिकार्यको पूर्व तयारीलाई दुरुस्त राख्न गृहमन्त्रीको निर्देशन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विपद् प्रतिकार्यको पूर्व तयारीलाई दुरुस्त राख्न गृहमन्त्रीको निर्देशन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

विपद् प्रतिकार्यको पूर्व तयारीलाई दुरुस्त राख्न गृहमन्त्रीको निर्देशन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २२, बिहीबार १२:५५ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ : गृहमन्त्री रमेश लेखक केही दिनयता विपद् प्रतिकार्यको पूर्व तयारीलाई दुरुस्त राख्न र मातहतको सकारोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

मुलुकभर मनसुन भित्रिने क्रमसँगै त्यसबाट जनजीवन प्रभावित हुन सक्ने आङ्कलन भइरहेका बेला गृहमन्त्री लेखकले विपद् प्रतिकार्यको पूर्व तयारीलाई तीव्रता दिएका छन्।

मनसुन भित्रने क्रमसँगै विपद् प्रतिकार्यका लागि मन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र काठमाण्डौंमा रहेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय पुगेर निरीक्षणका साथै आवश्यक पूर्व तयारीको बारेमा जानकारी लिए।

गत वर्षको बाढीले ठुलो जनधनको क्षति व्यहोरोको मुलुकले यस बर्ष भने झनै ठुलो विपद् आउने पूर्वानुमानसँगै गृह प्रशासन त्यसको प्रतिकार्यमा थप सशक्त ढंगले अघि बढेको हो ।

विगत तीन दिन यता गृहमन्त्री लेखकले पूर्व तयारीका विषयमा सरोकारवाला निकायसित समन्वय बढाउनुका साथै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सुरक्षा संयन्त्रसँग भर्चुअल बैठकबाट विपद् प्रतिकार्यको पूर्व तयारीमा चनाखो हुन निर्देशन गरेको छ ।

गृह मन्त्रालयले विगतको विपद्का घटनाहरूलाई सिकाइका रुपमा लिदैं आफूसित भएका प्राविधिक जनशक्ति र उपकरणलाई समेत तयारी हालतमा राख्न र स्थानीय सरकार, प्रदेश सरकारसित समन्वय बढाउन आग्रह गरेको छ ।

बुधबार विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन निर्देशन दिए। उनले समिति स्रोत र साधनका बिच प्रहरी संयन्त्र विपद् प्रतिकार्यमा खटिनुपर्ने बाध्यताको अन्त गर्न मन्त्रालय अग्रसर रहेको बताए।

“जुन सुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भूकम्प र आगलागीको पूर्वानुमान हुँदैन,“ उनले भने, “हामी मनसुनको पूर्व सन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्व तयारीमा हामी तयार रहनुपर्छ ।“ विपद्को व्यवस्थापन पनि नेपालको जिम्मेवारी दिएको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए।

“विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ,“ उनले भने।

बर्खायाममा बाढी–पहिलो र डुबानको बढी जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए। “मनसुनजन्य विपद्का लागि आजैदेखि तयार हुनुपर्‍यो । समयमै पूर्व सूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ । ज्येष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान छ,“ मन्त्री लेखकले भने।

तीन दिन अति पूर्व तयारीबारे ब्रिफिङ लिन सशस्त्र प्रहरी बलको मुख्यालय पुगेका गृहमन्त्री लेखकले विपद्को व्यवस्थापन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकेको भन्दै विपद् व्यवस्थापनको पूर्व तयारीमा लाग्न निर्देशन दिएका थिए।

अघिल्लो लेख कैलालीमा चोरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ
अर्को लेख निजामती सेवा विधेयकमा कर्मचारीको असहमति, जेठ २५ देखि देशव्यापी आन्दोलनको चेतावनी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

विद्यालय कर्मचारीहरूले जेठ १० गतेदेखि आन्दोलन गर्ने

२०८२ बैशाख १९, शुक्रबार ११:२४ गते
समाचार

नेपाल महिला संघ गोदावरीद्वारा पदमा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण

२०८१ मंसिर २७, बिहीबार १०:५१ गते
राष्ट्रिय

पानी पर्न कम भएपछि देशैभर गर्मी बढ्यो

२०८२ बैशाख २५, बिहीबार ०८:०५ गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ असार २६, बिहीबार १६:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?