यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ३१, आईतवार १३:०३ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । सरकारी पक्षको चरम बेवास्ता र ढिलासुस्तीका कारण कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा नआउँदै अन्योलग्रस्त बन्न पुगेको छ । मेडिकल कलेज सञ्चालनमा नआउँदै तीन जना प्रमुख फेरिएका छन् भने करार र ज्यालादारीमा भर्ना गरिएका ६३ जना कर्मचारी गत पुसदेखि करार अवधि थप नहुँदा बिनापारिश्रमिक नै काम गरिरहेका छन् । अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत नभएकाले सेवा विस्तारमा समस्या भएको बताइएको छ ।

मेडिकल कलेजका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम भने छ अर्ब ५८ करोड रुपियाँ खर्चेर पूरा भइसकेको छ तर सरकारले यसको सञ्चालन निर्देशिका स्पष्ट नगर्दा कहिले हुन्छ भन्ने अझै टुङ्गो लागेको छैन ।

सरकारले २०७३ सालमा गेटा मेडिकल कलेज सञ्चालन गर्ने भनेर सुरु गरेको अस्पतालको भौतिक संरचना ५१ हेक्टर क्षेत्रफलमा फैलिएको र कलेजका लागि आवश्यक पर्ने ४२ वटा संरचना तयारी अवस्थामा छन् । जसमा छ सय श(याको अस्पताल र चिकित्सा शिक्षाको एमबिबिएस पढाउनका लागि फर्निसिङसहितको तयारी भइसकेको छ । कहिले मेडिकल कलेज त कहिले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर यसलाई अलझ्याउने काम मात्र हुँदै आएको हो ।

सङ्घीय सरकारले २०८० असारमा न्यूनतम सुविधासहित एक सय शैय्या क्षमताको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरेको भए पनि स्वास्थ्य मन्त्रालयले ५०शैय्या क्षमताको अस्थायी स्वीकृति मात्र प्रदान गरेर थप अल्झाइदिएको छ ।

राजनीतिक दाउपेचका कारण यो अस्पताल सुरु भएयता तीन जना प्रमुख फेरिसकिएका छन् । गत फागुनयता प्रमुख नहुँदा करार र ज्यालादारीमा काम गरिरहेका ६३ जना कर्मचारीको नियुक्ति थप नहुँदा तलब खानबाट वञ्चित भएको सूचना अधिकारी नैनसिंह कार्कीले बताए ।

कलेज प्रशासन र अस्पताल भवन स्वास्थ्य मन्त्रालय मातहत सञ्चालन गरिएको गेटा अस्पताललाई हस्तान्तरण गरिए पनि बाँकी संरचना अहिले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको छ । यसलाई पूर्वाधार विकास निर्माण समितिले रेखदेख गरिरहेको छ ।

२०८० भदौमा सो कार्यालयका प्रमुख सेवानिवृत्त भएपछि एक जना इन्जिनियरले रेखदेख गर्दै आएका छन् । तयारी अवस्थामा रहेको मेडिकल कलेजका भवन लामो समयदेखि प्रयोगविहीन रहेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका इन्जिनियर पवन रावलले बताए ।

प्रमुख दलका लगभग सबै शीर्ष नेतादेखि हालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यसको अवलोकन र निरीक्षण गरिक्नुभएको छ । केही दिनअघि मात्र कैलाली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षभित्र सञ्चालन हुने गरेर प्रव्रिmया अघि बढेको बताएका छन् ।

मेडिकल कलेज सञ्चालन गर्ने भनेर तयार भएका संरचनालाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन भनेर तयार पारिएको विधेयक राष्ट्रिय सभाबाट पारित भएर अहिले प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको छ । गोरखापत्रबाट

अघिल्लो लेख त्रिविमा उपप्राध्यापक परीक्षाको नतिजामा मागभन्दा कम सङ्ख्यामा पास
अर्को लेख सुदूरपश्चिम लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका लागि खुलायो विज्ञापन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न

२०८१ आश्विन १४, सोमबार १४:५६ गते
कैलाली

कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष ७, आईतवार १०:१६ गते
कैलालीसमाचार

देवनागरी लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट जडानको उर्दीविरुद्ध कैलाली जिल्लामा पनि विद्यार्थी परिषद्ले बुझायो ज्ञापनपत्र

२०८२ भाद्र ९, सोमबार १३:५५ गते
कैलाली

सर्वोत्कृष्ट श्रृगार तर्फको अवार्ड लक्ष्मी चौधरीलाई

२०८१ मंसिर ६, बिहीबार ०८:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?