यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ३१, आईतवार १३:०३ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । सरकारी पक्षको चरम बेवास्ता र ढिलासुस्तीका कारण कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा नआउँदै अन्योलग्रस्त बन्न पुगेको छ । मेडिकल कलेज सञ्चालनमा नआउँदै तीन जना प्रमुख फेरिएका छन् भने करार र ज्यालादारीमा भर्ना गरिएका ६३ जना कर्मचारी गत पुसदेखि करार अवधि थप नहुँदा बिनापारिश्रमिक नै काम गरिरहेका छन् । अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत नभएकाले सेवा विस्तारमा समस्या भएको बताइएको छ ।

मेडिकल कलेजका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम भने छ अर्ब ५८ करोड रुपियाँ खर्चेर पूरा भइसकेको छ तर सरकारले यसको सञ्चालन निर्देशिका स्पष्ट नगर्दा कहिले हुन्छ भन्ने अझै टुङ्गो लागेको छैन ।

सरकारले २०७३ सालमा गेटा मेडिकल कलेज सञ्चालन गर्ने भनेर सुरु गरेको अस्पतालको भौतिक संरचना ५१ हेक्टर क्षेत्रफलमा फैलिएको र कलेजका लागि आवश्यक पर्ने ४२ वटा संरचना तयारी अवस्थामा छन् । जसमा छ सय श(याको अस्पताल र चिकित्सा शिक्षाको एमबिबिएस पढाउनका लागि फर्निसिङसहितको तयारी भइसकेको छ । कहिले मेडिकल कलेज त कहिले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर यसलाई अलझ्याउने काम मात्र हुँदै आएको हो ।

सङ्घीय सरकारले २०८० असारमा न्यूनतम सुविधासहित एक सय शैय्या क्षमताको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरेको भए पनि स्वास्थ्य मन्त्रालयले ५०शैय्या क्षमताको अस्थायी स्वीकृति मात्र प्रदान गरेर थप अल्झाइदिएको छ ।

राजनीतिक दाउपेचका कारण यो अस्पताल सुरु भएयता तीन जना प्रमुख फेरिसकिएका छन् । गत फागुनयता प्रमुख नहुँदा करार र ज्यालादारीमा काम गरिरहेका ६३ जना कर्मचारीको नियुक्ति थप नहुँदा तलब खानबाट वञ्चित भएको सूचना अधिकारी नैनसिंह कार्कीले बताए ।

कलेज प्रशासन र अस्पताल भवन स्वास्थ्य मन्त्रालय मातहत सञ्चालन गरिएको गेटा अस्पताललाई हस्तान्तरण गरिए पनि बाँकी संरचना अहिले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको छ । यसलाई पूर्वाधार विकास निर्माण समितिले रेखदेख गरिरहेको छ ।

२०८० भदौमा सो कार्यालयका प्रमुख सेवानिवृत्त भएपछि एक जना इन्जिनियरले रेखदेख गर्दै आएका छन् । तयारी अवस्थामा रहेको मेडिकल कलेजका भवन लामो समयदेखि प्रयोगविहीन रहेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका इन्जिनियर पवन रावलले बताए ।

प्रमुख दलका लगभग सबै शीर्ष नेतादेखि हालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यसको अवलोकन र निरीक्षण गरिक्नुभएको छ । केही दिनअघि मात्र कैलाली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षभित्र सञ्चालन हुने गरेर प्रव्रिmया अघि बढेको बताएका छन् ।

मेडिकल कलेज सञ्चालन गर्ने भनेर तयार भएका संरचनालाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन भनेर तयार पारिएको विधेयक राष्ट्रिय सभाबाट पारित भएर अहिले प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको छ । गोरखापत्रबाट

अघिल्लो लेख त्रिविमा उपप्राध्यापक परीक्षाको नतिजामा मागभन्दा कम सङ्ख्यामा पास
अर्को लेख सुदूरपश्चिम लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका लागि खुलायो विज्ञापन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कञ्चनपुरमा एक महिलाको शव फेला

२०८२ श्रावण २९, बिहीबार १२:४० गते
स्वास्थ्य-शिक्षा

पाँच जिल्लाका २७ जनामा हैजा पुष्टि

२०८१ श्रावण २१, सोमबार ०६:५५ गते
कैलालीसमाचार

मतदाता नामावलीमा नाम समावेश गर्नेको भिड बढ्दो, कैलालीमा थपिए ३ हजार बढी मतदाता

२०८२ कार्तिक २३, आईतवार १६:५६ गते
कैलाली

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

२०८१ कार्तिक ९, शुक्रबार ११:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?