यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डढेलोको चपेटामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डढेलोको चपेटामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

डढेलोको चपेटामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २५, सोमबार १०:१५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुक्खा मौसमको सुरुवातमै डढेलोको चपेटामा परेको छ।

वन क्षेत्रलाई डढेलोबाट जोगाउनका लागि विभिन्न प्रयास भइरहे पनि मानवीय लापर्बाहीका कारण निकुञ्जको केही क्षेत्रमा आगलागी भएको हो।

निकुञ्जको कोर क्षेत्र रानीताल, बरकौला, गोबरियालगायतमा डढेलोबाट वन क्षेत्रमा नोक्सान भएको छ। सो क्षेत्रमा एक हप्ताअगाडि लागेको डढेलो अहिले भने नियन्त्रणमा आइसकेको निकुञ्ज कार्यालयले बताएको छ।

निकुञ्ज आसपास रहेका किसानले गहुँ काटेर खेतमा आगो लगाउँदा निकुञ्जमा पनि डढेलो पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले बताए। उनले डढेलोबाट भुइँ क्षेत्रमा रहेका घाँस, वनस्पति, पातपतिङ्गर जलेर नष्ट भएको बताए। उनले भने, ‘अब डढेलो नियन्त्रणमा आइसकेको छ। त्यो ग्राउन्ड फायर थियो । त्यति धेरै क्षति भएको छैन।’

यो वर्ष अहिलेसम्म पानी परेको छैन। पानी नपर्दा सुक्खा अझ बढेकाले विभिन्न ठाउँमा डढेलो फैलिइरहेको छ। निकुञ्जमा डढेलो लाग्ने निभाउने क्रम जारी रहेको जनाइएको छ। डढेलो नियन्त्रणका लागि नेपाली सेनासहितको डढेलो नियन्त्रण टोली बनाइएको छ। डढेलो लाग्नेबित्तिकै निभाउनका लागि टोली परिचालन हुने गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए। उनले निकुञ्ज क्षेत्रमा सानो सानो डढेलो अझै लागिरहेको र डढेलो नियन्त्रण टिमले निभाउने कार्य गरिरहेको उल्लेख गरे। ‘कोर एरियामा लागेको ठुलो डढेलो नियन्त्रण गर्न चुनौती छ। तर, सानोतिनो डढेलोलाई डढेलो नियन्त्रण टिमले निभाउने काम गरिरहेको छ।’

पानी नपर्दासम्म पातपतिङ्गर अझ सुक्ने गरेकाले वनक्षेत्रमा चाँडै डढेलो सल्कने गर्दछ। पानी परेपछि आगलागीको घटनामा कमी आउने निकुञ्ज अधिकारीको भनाइ छ। सुक्खासँगै यतिबेला प्रदेशको विभिन्न जिल्लास्थित वनक्षेत्रमा आगलागी भइरहेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपत् पोर्टलका अनुसार एक वर्षको अवधि (२०२४ अप्रिल ५ देखि २०२५ अप्रिल ५ सम्म) मा सुदूरपश्चिम प्रदेशको ९५८ ठाउँमा डढेलो लागेको थियो।

मान्छेले जानी जानी आगो लगाउने, सल्केको चुरोट जथाभाबी फाल्नेलगायतका कारणले वन क्षेत्रमा डढेलो लाग्ने गर्छ । यसै गरी भिरालो ठाउँबाट खसेको ढुङ्गा अर्को ढुङ्गामा ठोक्किँदा पनि डढेलो लाग्ने गरेको जनाइएको छ। यद्यपि, प्राकृतिक कारणले भन्दा पनि मानवीय कारणले वन क्षेत्रमा डढेलो लाग्ने गरेको वनकर्मीको भनाइ छ।

अघिल्लो लेख आज विश्व स्वास्थ्य दिवस मनाइँदै
अर्को लेख मोरङबाट तीन नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रियसुदूरपश्चिम प्रदेश

कैलालीमा वन्यजन्तुका लागि जंगलमै पोखरी

२०८१ असार २४, सोमबार १७:५१ गते
अर्थ-वाणिज्यराष्ट्रिय

असोज १३ गतेदेखि नयाँ नोट साट्न पाइने

२०८१ भाद्र २७, बिहीबार १२:४० गते
राजनीति

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार

२०८१ मंसिर २८, शुक्रबार ०७:४२ गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा नौ सय रुपैयाँले घट्यो

२०८१ माघ १५, मंगलवार १२:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?