यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डा.सुशील कोइरालालाई सम्मानपूर्वक विदाई
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डा.सुशील कोइरालालाई सम्मानपूर्वक विदाई
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

डा.सुशील कोइरालालाई सम्मानपूर्वक विदाई

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १५, शुक्रबार १६:०३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – मानव संशाधन विकास प्रतिष्ठानद्धारा गोदावरी नगरपालिका–६, श्रीपुरमा संचालित लक्ष्मीनारायण क्षयरोग अस्पतालले दामियन फाउण्डेसनका नेपाल प्रतिनिधि डा.सुशील कोइरालालाई सम्मान सहित विदाई गरेको छ।

लक्ष्मीनारायण क्षयरोग अस्पतालको स्थापनादेखि नै निरन्तर सहयोग गर्दै आएको बेल्जियमको दामियन फाउण्डेसनको नेपाल कार्यक्रम समाप्त भएसँगै, लामो समयसम्म संस्थाका प्रमुखको जिम्मेवारी सम्हालेका डा.कोइरालालाई एक विशेष समारोहका बीच विदाई गरिएको हो।

लक्ष्मीनारायण क्षयरोग अस्पताल सुदूरपश्चिम प्रदेशकै प्रमुख क्षयरोग उपचार केन्द्र हो, जसले आवासीय सुविधा सहित निशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ। वि.सं. २०७६ देखि दामियन फाउण्डेसनले अस्पताललाई भवन निर्माण, संचालन तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै सहयोग गर्दै आएको थियो।

दामियन फाउण्डेसन नेपालका प्रमुख डा.सुशील कोइरालाले सुदूरपश्चिमका क्षयरोग प्रभावित बिरामीहरूलाई गुणस्तरीय सेवा दिन अस्पतालमा उल्लेखनीय सुधार ल्याएको प्रतिष्ठानका महासचिव पद्मराज जोशीले बताए।

उनले भने, ‘अस्पतालले सुदूरपश्चिमका क्षयरोग पीडितहरूलाई खान, बस्न र औषधोपचारमा पूर्णरूपमा सहयोग गर्दै आएको छ। यसमा डा.कोइरालाको भूमिका अविस्मरणीय छ।’

डा। सुशील कोइरालाको विदाई तथा सम्मान समारोह प्रतिष्ठानका अध्यक्ष लक्ष्मीराज पन्तको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै डा. कोइरालाले दामियन फाउण्डेसनले नेपालमा गरेको कार्यलाई स्मरण गर्दै भने, ‘लक्ष्मीनारायण क्षयरोग अस्पतालको स्थापना तथा संचालनमा हाम्रो संस्था र टिमको अतुलनीय योगदान रह्यो। यस अस्पतालले अझ प्रभावकारी सेवा दिन सक्नेछ भन्ने विश्वास छ।’

मानव संशाधन प्रतिष्ठानका कोषाध्यक्ष सिवी चन्दका अनुसार, ‘लक्ष्मीनारायण क्षयरोग अस्पतालको स्थापना नेपाल सरकार, दामियन फाउण्डेसन र मानव संशाधन विकास प्रतिष्ठानको समन्वयमा गरिएको थियो। यसले विगतदेखि नै क्षयरोग प्रभावितहरूको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।’

क्षयरोग नेपालको प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो। सुदूरपश्चिम जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा यस्तो उपचार सुविधा उपलब्ध गराउनु डामियन फाउण्डेसन र स्थानीय संस्थाहरूको ठूलो उपलब्धि हो।

प्रतिष्ठानका पदाधिकारीहरूले भविष्यमा पनि क्षयरोग विरुद्धको अभियानलाई निरन्तरता दिन सरकारी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अघिल्लो लेख म्यान्मामा ७.९ म्याग्निच्युडको भूकम्प
अर्को लेख आईपीएल क्रिकेटमा बेङ्गलुरुले चेन्नईलाई ५० रनले हरायो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीका एक जना अतरियाबाट बेपत्ता, आफन्तको उजुरीमा तीन जना पक्राउ

२०८२ आश्विन ९, बिहीबार १३:३६ गते
कञ्चनपुरकैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

२०८२ पुष ११, शुक्रबार १४:४० गते
कैलालीराष्ट्रिय

डेनमार्क लैजान्छु भन्दै बागलुङका दिपक कडेल ६ लाख खाएर ६ महिना देखि फरार

२०८१ पुष १६, मंगलवार १७:३९ गते
कैलाली

सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी

२०८१ भाद्र ५, बुधबार १९:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?