धनगढी –धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ।
भोलि अर्थात श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा धनगढीमा सार्वजनिक बिदा दिइएको हो ।
उपमहानगरले २१ गते सोमबार गरेको निर्णय अनुसार भोलि (२३ गते बुधवार) सार्वजनिक बिदा दिएको हो ।





