यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसाहित्य

स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २०, शनिबार २१:४६ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – नेपाल वाङ्मय परिषद धनगढी, कैलालीको आयोजनामा आज २०८२ वैशाख २० गतेका दिन स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम गरीएको छ।

सो समारोह नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको सभापतित्व, संस्थाका सचिवालय सदस्य भुवन बोहराको सञ्चालन एवं पूर्व मन्त्री तथा साहित्यकार शान्ता मानवीको प्रमुख आतिथ्यमा सम्पन्न भएकोे हो।

कार्यक्रममा पूर्व मन्त्री तारिणीदत्त चटौत, वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत, भाषा आयोगका माननीय सदस्य सुरेश मानन्धर, साझा प्रकाशनका सञ्चालक सदस्य मनोहर लामिछाने विशिष्ट अतिथिका रूपमा रहेका थिए।

वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, वरिष्ठ साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, प्रखर स्रष्टा सुभाषचन्द्र भण्डारी, राजलक्ष्मी चटौत अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा विशिष्ट प्रतिभाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष तिलकबहादुर सिंहले स्वागत मन्तव्य राखेका हुन्।

कार्यक्रमको प्रारम्भमा वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र राजलक्ष्मी चटौतले संकलन गर्नुभएको सुदूरपश्चिमेली लोकगीतको विमोचन प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्मानित प्रतिभा लगायत मञ्चमा आसीन व्यक्तित्वहरूबाट भयो ।

उक्त कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो । कृतिका बारेमा प्रखर कवि एवं भ्याली भ्यू बोर्डिङ स्कुलका प्रिन्सिपल, ग्लोबल कलेजका प्राध्यापक सुभाषचन्द्र भण्डारीले समीक्षा मन्तव्य प्रस्तुत गरेका थिए।

आजको कार्यक्रममा वि.सं. २०८० का लागि नेपाली वाङ्मय साधना सम्मानबाट गोपाल अश्क, पद्मा–रामचन्द्र लघुकथा सम्मानबाट नवराज रिजाल एवं कर्मयोद्धा सृजना सम्मानबाट राजेन्द्र तारकिणी सम्मानित भएका छन्। त्यस्तै वि.सं. २०८१ का लागि आरडी प्रभास–राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट प्रा.डा. महादेव अवस्थी, नेपाली वाङ्मय साधना सम्मानबाट प्रा.डा. कपिल लामिछाने, राधिका–गोपालदत्त लघुकथा सम्मानबाट ध्रुव मधिकर्मी, कर्मयोद्धा सृजना सम्मानबाट मेघनाथ खनाल ‘बन्धु’ सम्मानित भएका छन्।

यस अघि नै घोषणा गरिएका राधिका–गोपालदत्त लघुकथा सम्मान २०८० का लागि डा. रामनिवास मानवलाई र पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ डा. हरिप्रसाद भण्डारीलाई दिने घोषणा गरिएको थियो । आफ्नै घरायसी समस्याका कारण स्रष्टाहरू कार्यक्रममा उपस्थित नभएका कारण उनीहरूलाई पछि अलग्गै कार्यक्रम गरेर सम्मान प्रदान गरिनेछ ।

आजको कार्यक्रममा प्रा.डा. महादेव अवस्थी, प्रा.डा. कपिल लामिछाने, ध्रुव मधिकर्मी, गोपाल अश्क, नवराज रिजाल त्यस्तै गरी विशिष्ट अतिथि मनोहर लामिछाने, आरडी प्रभास चटौत, तारिणीदत्त चटौतले आफ्नो विचार व्यक्त गरेका छन्।

कार्यक्रममा सत्या अधिकारी, मन्दिरा चापागाईंं, मनिषकुमार शर्माले लघुकथा एवं सुभाषचन्द्र भण्डारीले कविता वाचन गरेका हुन्। प्रमुख अतिथि शान्ता मानवीले सुदूरपश्चिमबाट आएर राजधानीमा संस्थाका माध्यमबाट महत्वपूर्ण कार्यक्रम गरेकोमा संस्थाका अध्यक्ष एवं संस्थाको प्रशंसा गरिन्। उनले संसार बदल्ने कर्मशील मानिसले मात्र सक्दछ भन्ने विचार राखिन्।

सभामा संस्थाका तर्फबाट प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमा ६० जना स्रष्टाको उपस्थिति थियो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीको कैलाली मोडेलका छात्राहरूलाई २ दिने आत्मरक्षा तालिम प्रदान
अर्को लेख आईपीएल क्रिकेटमा आज कोलकाता र राजस्थान तथा पञ्जाब र लखनउ खेल्दै
1 Comment 1 Comment
  • pushkar raj bhatta says:
    May 3, 2025 at 11:01 pm

    समाचार प्रकाशनका लागि हार्दिक आभार

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

एक सय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि

२०८१ आश्विन ११, शुक्रबार ०८:४९ गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भयावह बन्दै सडक दुर्घटना

२०८१ मंसिर २, आईतवार १३:१४ गते
कैलाली

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

२०८१ चैत्र १३, बुधबार १०:४७ गते
कैलाली

कैलालीमा ३ जना फरार प्रतिवादी पक्राउ

२०८१ भाद्र १४, शुक्रबार ०९:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?