यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरले डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरले डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढी उपमहानगरले डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ५, शनिबार १८:२७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने भएको छ।

शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिने भएको हो।

धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पन्तलाई नागरिक अभिनन्दन गर्न लागिएको छ। पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका थिए। पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाउन थालेका हुन्।

१४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो। भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए। प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदरमा रहेर काम गरेका छन्। डोटीको शिखर नगरपालिका–९ उच्चाकोट ९सिद्धेश्वर गाउँ पञ्चायत० मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन्।

२०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गर्न लागिएको नगरप्रमुख गोपाल हमालले बताए। उनले भने, ‘कैलाली बहुमुखी क्याम्पस थिएन। कैलाली व्यवस्थापन क्याम्पस थियो। पछि मात्र कैलाली बहुमुखी क्याम्पस नाम राखिएको हो। सुरुमा भौतिक संरचनाहरू पनि थिएनन्। विस्तारै संरचनाहरू तयार भएका हुन।

‘अहिलेकोे अवस्थामा ल्याउन चिफसरको भूमिका महत्वपूर्ण छ। उहाँलाई हामी नागरिक अभिनन्दन गर्दैछौँ। आफ्नै ठाउँमा उहाँले हालसम्म शिक्षामा काम गर्दै आउनुभएको छ।’ सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसले हालसम्म हजारौ विद्यार्थीलाई शैक्षिक योग्यता, जीवनोपयोगी सिप र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने शिक्षा दिएको छ। हेमराज पन्तका बुवा खगेन्द्र नाथ आयुर्वेदाचार्य थिए। हेमराज जन्मिएको वर्ष उनका बुवा डोटी सिलगढीमा आयुर्वेद औषधालयका प्रमुख थिए।

बुवाको सरुवा डडेल्धुरा भएपछि पन्तको प्रारम्भिक शिक्षा त्यही भएको थियो। उनले ८ कक्षासम्मको पढाइ उच्चाकोटकै सीताराम माविबाट पूरा गरेका थिए। दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी पास परेका पन्तले त्रिचन्द्र कलेजबाट २०३१ सालमा आइकम गरे। उनले शंकरदेव क्याम्पसबाट विकम गरे। २०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको पढाइ पूरा गरे।

२०३१ सालमा १९ वर्षको उमेरमा सरस्वती ओझासँग वैवाहिक बन्धनमा बाँधिएका उनका दुई छोरा र एक छोरी छन्। २०६८ सालमा सरकारले महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको स्थापना भयो। उनी त्यसको रजिस्ट्रार नियुक्त भएका थिए। चार वर्षे कार्यकाल पुरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भए। र, फर्केर फेरि कैलाली बहुमुखी क्याम्पसमा पढाउन थाले। २०७४ सालमा उनी सेवानिवृत्त भए।

ट्याग गरिएको:featured
अघिल्लो लेख एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब खेल्दै
अर्को लेख धनगढी उपमहानगरले द्वारिकादेवी ठकुरानी र डा. केआई सिंहको प्रतिमा बनाउने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

तराईमा अझै केही दिन हुस्सु लाग्ने

२०८१ पुष १८, बिहीबार ०९:२१ गते
कैलाली

कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद

२०८१ कार्तिक २९, बिहीबार १२:२३ गते
कञ्चनपुरस्वास्थ्य-शिक्षा

महाकाली प्रादेशिक अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री

२०८१ श्रावण ९, बुधबार १७:३० गते
कैलाली

धनगढीका पाँच विद्यालयका एक हजार १८३ छात्रालाई पोसाक

२०८१ फाल्गुन १३, मंगलवार ११:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?